मुख्य समाचार
नुवाकोटबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान
नुवाकोटबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान

— नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रबाट सिजनमा ५० करोडको स्ट्रबेरी बिक्री हुने अनुमान गरिएको छ । यतिबेला स्ट्रबेरी टिप्ने र बजारमा पुर्‍याउने काम भइरहेको ककनीका २८ वर्षीय छेसाङ तामाङले बताए ।


६ वर्षदेखि स्ट्रबेरी खेती गरिरहेका छेसाङले ६ रोपनीमा स्ट्रबेरी खेती गरिरहेका छन् । ती क्षेत्रका स्ट्रबेरी टिप्ने, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने काम गरिरहेको उनले जनाए ।


स्ट्रबेरीका बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम गरिरहेको तामाङको भनाइ छ । जाडो बढेकाले अहिले एक दिन बिराएर फल टिप्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गरेर बजार पुर्‍याइन्छ । ‘राति ८/९ बजेसम्म प्याकेजिङ गरी तयार गर्छौं, भोलिपल्ट ५ बजे माछापोखरी आइपुग्नुपर्छ,’ उनले भने, ‘माछापोखरीबाट दाङ, पोखरा, धादिङ, चितवन, इटहरी, धरान, झापाका गाडीमा स्ट्रबेरी पठाउँछौं ।’ जिल्लामा पठाइसकेपछि उपत्यकाभित्रका लागि जमल, न्युरोड, भैंसीपाटी, लगनखेल, सातदोबाटो, बौद्ध, चाबहिल, नक्साललगायत ठाउँमा पसल, मार्ट र सुपरमार्केटलगायतमा स्ट्रबेरी पुर्‍याउने गरेको उनले सुनाए ।

ककनीस्थित काउलेकी मंगली तामाङले ४ आना जग्गाबाट सुरु गरेको स्ट्रबरी खेती अहिले १ रोपनीमा फैलाइसकेकी छन् । विगत ९ वर्षदेखि स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा ३० देखि ५० हजार रुपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ । ‘ककनी स्ट्रबेरी खेतीबाटै चिनियो । तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ । आफैं नर्सरीमा बिरुवा उत्पादन गर्‍यो अनि आफैं रोप्यो, बेच्यो,’ उनले भनिन्, ‘पहिला पनि यस्तै थियो, स्थानीय सरकार आए पनि उस्तै छ  ।’

ककनीको काउले, हिलेभित्ते र चित्रेका झन्डै ४ सय किसानले स्ट्रबेरी खेती गर्दै आएका छन् । उनीहरूले कम्तीमा १ रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गरिरहेका छन् । झन्डै तीन दशकदेखि यहाँको प्रमुख नगदे बाली नै स्ट्रबेरी हो । स्ट्रबेरी वर्षमा ७ महिनासम्म फल्छ । कात्तिकदेखि वैशाखसम्म स्ट्रबेरी टिप्न मिल्ने छेसाङले बताए । ‘कात्तिक र मंसिरमा दिनकै टिपेर बजार पुर्‍याउने हो, पुस र माघमा जाडो हुन्छ, घाम लाग्दैन, त्यसैले दिन बिराएर टिप्ने हो,’ उनले भने, ‘फागुनदेखि फेरि दिनकै टिप्ने हो, उत्पादन बढ्छ र त मूल्य घट्छ ।’ स्ट्रबेरी बेचेर किलोको साढे ४ देखि ५ सय रुपैयाँ पाइने उनले सुनाए । वैशाखदेखि असोजम्म पुरानो बिरुवाको पात टिप्ने, नयाँ बिरुवा र जग्गा तयार पार्ने काम हुन्छ । विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा स्ट्रबेरीको उत्पादन बढी हुने उनीहरूको भनाइ छ ।

ककनीमा २०४६ मा जापानी सहयोग नियोग (जाइका) अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही बिरुवा रोपेर परीक्षण थाल्यो । तर पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती विस्तार भएको हो । अहिले धेरैजसो किसान आफैंले नयाँ बिरुवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ ।

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत सहरमा पुग्छ । ताजा स्ट्रबेरी बिक्री गर्दै किसानले यसबाट बन्ने जाम, जेली, क्यान्डी, चकलेटलगायत खाद्य सामग्री बनाउन भने सकेका छैनन् । स्ट्रबेरीमा लाग्ने रोग, बजार व्यवस्थापनतर्फ पालिकाले समेत ध्यान नदिएको उनले गुनासो गरे । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ककनीलाई स्ट्रबेरी पकेट र जोनबाट हटाएर कुनै कार्यक्रम नराखेको छेसाङको गुनासो छ । ‘स्ट्रबेरी अहिले फ्रेस नै किन्ने, बेच्ने भइरहेको छ, जाम बनाउन लागेका छौं तर साना स्ट्रबेरीका दानाको वाइन बनाउन सक्थ्यौं, सरकारले सहयोग नै गरेन,’ उनले भने ।

कम आयात हुने फलफूलमा स्ट्रबेरी पनि पर्छ । चालु आर्थिक वर्षको ६ महिनामा १ लाख ७ हजार रुपैयाँको ४२४ किलो स्ट्रबेरी आयात भएको छ तर निर्यात शून्य छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ लाख ४९ हजार रुपैयाँको १ हजार ९ सय ९२ किलो स्ट्रबेरी आयात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात शून्य देखिए पनि ककनीका छेसाङले सिजनमा उत्पादनको २० प्रतिशत स्ट्रबेरी भन्सार छलेर भारत निर्यात हुने गरेको बताए । ‘दिनको ७ देखि ८ हजार किलो स्ट्रबेरी उत्पादन हुन्छ । त्यसका आधारमा नुवाकोटको पकेट क्षेत्रमा ६ महिनामा १४ लाख ४० हजार स्ट्रबेरी उत्पादन हुने अनुमान छ, त्यसको २० प्रतिशत भारतमा जान्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ
। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व ...
— नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि ...
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोत साधन, रणनीतिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम