मुख्य समाचार
क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क
क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क

— अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आफ्नो देशमा भित्रने वस्तुमा नयाँ आयात शुल्क लगाएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार मेक्सिको र क्यानडाका लागि समान २५ प्रतिशत र चीनका लागि १० प्रतिशत आयात शुल्क लगाइएको हो ।


तर राष्ट्रपति ट्रम्पले क्यानडामा उत्पादन हुने तेलले कम आयात शुल्क बेहोर्ने र त्यो फेब्रुअरी १८ देखि मात्र कार्यान्वयनमा आउने बताए । चीन, क्यानडा र मेक्सिको अमेरिकाका मुख्य व्यापार साझेदार हुन् । गत वर्ष अमेरिकामा भएका आयातमा यी तीनले देशको हिस्सा ४० प्रतिशत थियो । क्यानडा र मेक्सिकोले अमेरिकी आयात शुल्कको जवाफ दिने चेतावनी दिइसकेका छन् ।


ट्रम्पले भविष्यमा युरोपेली संघ (ईयू) का लागि समेत आयात शुल्क लगाउने योजना रहेको बताउँदै आएका छन् । युरोपेली देशहरूको समूहले अमेरिकाप्रति राम्रो व्यवहार नगरेकाले आयात शुल्क लगाउनु परेको बताएका बीबीसीले जनाएको छ ।

क्यानडा र मेक्सिकोले तिर्नुपर्ने त्यस्तो भन्सार शुल्क ती देशबाट गैरकानुनी रूपमा भित्रिएको फेन्टनिल औषधिको जवाफ भएको ह्वाइटहाउसकी प्रेस सचिव कारोलिना लेभिटको भनाइ छ । उक्त औषधिका कारण अमेरिकामा दशौ लाखले ज्यान गुमाएका बताइन्छ ।

चुनावी अभियानका क्रमम ट्रम्पले चिनियाँ उत्पादनहरूमा ६० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका थिए । तर आफ्नो नयाँ कार्यकालको पहिलो दिनमा भने उनले यसबारे कुनै निर्णय लिएनन् । राष्ट्रपतिको जिम्मेवारी सम्हालेसँगै ट्रम्पले आफ्नो प्रशासनलाई यस विषयमा अध्ययन गर्न आदेश दिएका थिए ।

सन् २०१८ यता अमेरिकामा चीनबाट हुने आयात खस्किएको तथ्यांकहरूले देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...