मुख्य समाचार
व्यापार र वाणिज्य प्रबर्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने
व्यापार र वाणिज्य प्रबर्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने

व्यापार र वाणिज्य प्रबर्धन गर्ने उद्देश्यसहित नेपाल–स्टोनिया चेम्बर अफ कमर्स स्थापना हुने भएको छ । नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहाल र ‘स्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री’ का अधिकारीहरूबीच भएको छलफलबाट नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्नका लागि सहमति भएको हो ।


स्टोनियाको राजधानी तालिनमा भएको छलफलमा नेपाल-स्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्ने सहमति भएको हो । पर्यटक मेलामा सहभागी हुन स्टोनिया पुगेका अवैतनिक वाणिज्य दूत दाहालले स्टोनिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका निर्यात सेवासम्बन्धी विभाग संयोजक लिईसी किर्सेनलगायतका पदाधिकारीसँग भेटेवार्ता गरेका थिए ।


भेटमा दुई देशबीच व्यापारिक सहकार्य विस्तारका लागि नेपाल–स्टोनिया चेम्बर स्थापना गर्ने सैद्धान्तिक सहमति भएको दाहालले जानकारी दिए । दिल्लीस्थित नेपालका लागि स्टोनियन राजदूत मारिया लुपसँग पनि त्यसबारे कुराकानी भएको र आफू नेपाल फर्किएलगत्तै कमर्सको औपचारिक स्थापना गरिने उनको भनाइ छ ।

दाहालले छलफलका क्रममा नेपाल सरकार र निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन, उद्योग, व्यापार र सूचना प्रविधि क्षेत्रमा लगानी गर्न आग्रह गरेको बताए । नेपाल र उत्तरपश्चिमी युरोपेली मुलुक स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ
। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व ...
— नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि ...
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोत साधन, रणनीतिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम