मुख्य समाचार
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने
म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने

— म्यानचेस्टर सिटीले युरोपेली च्याम्पियन्स लिगको प्ले अफमा १५ पल्टको च्याम्पियन रियल म्याड्रिडको सामना गर्ने भएको छ । प्रतियोगिताको शुक्रबार निकालिएको ‘ड्र’ अनुसार सेल्टिकले बायर्न म्युनिकसँग भिड्नेछ । सन् २०२३ को च्याम्पियन सिटीले सुरुमा इतिहादमा रियलको आतिथ्य गर्नेछ ।


दोस्रो लेगका लागि त्यसको अर्को साता सिटी स्पेन भ्रमणमा निस्कनेछ । अन्य प्ले अफमा ब्रेस्टले पेरिस सेन्ट जर्मेन (पीएसजी), क्लब ब्रुगले एटलान्टना, युभेन्ट्सले पीएसजी आयनहोभन, मोनाकोले बेनफिका, स्पोर्टिङ लिस्वनले बोरुसिया डर्टमुन्ड र फायनउडले एसी मिलानको सामना गर्नेछ ।


नयाँ ढाँचाको प्रतियोगिताअनुसार सहभागी कुल ३६ टिममध्ये शीर्ष आठमा रहेका टिमले स्वतः अन्तिम १६ मा प्रवेश गर्नेछ । यी आठ टिममा लिभरपुल, बार्सिलोना, आर्सनल, इन्टर मिलान, एटलेटिको म्याड्रिड, लेभरकुजन, लिल र एस्टन भिल्ला रहेका छन् । अंक तालिकाको अन्तिम आठ स्थानमा रहेका टिम भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अंक तालिकाको नवौंदेखि २४ औं स्थानमा रहेका २४ क्लबबीच हुने प्ले अफका लागि अहिलेको ड्र निकालिएको हो । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा भने लाजियो, एथलेटिको बिलबाओ, म्यानचेस्टर युनाइटेड, टोटनहम, इन्ट्राख्ट फ्रायन्कफर्ट, लियोन, ओम्पियाकोज र रेन्जर्स शीर्ष आठ स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित