मुख्य समाचार
प्रहरीले अवैध लागूऔषध फरकफरक स्थानबाट तीनजनालाई नियन्त्रणमा
प्रहरीले अवैध लागूऔषध फरकफरक स्थानबाट तीनजनालाई नियन्त्रणमा

— मकवानपुर प्रहरीले अवैध लागूऔषध फरकफरक स्थानबाट तीनजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले डाइजेपामसहित २ जना र गाँजासहित एकजनालाई पक्राउ गरेको हो । डाइजेपामसहित पक्राउ पर्नेमा हेटौंडा-८ कमानेका ३० वर्षीय सुमन स्याङ्तान र १९ वर्षीय प्रसुल देउला रहेका छन् ।


वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००५ प ९५९२ नम्बरको मोटरसाइकललाई जाँचको क्रममा २ जना पक्राउ परेका हुन् । प्रहरी चौकी रातोमाटेले हेटौंडा-१५ मा चेकिङको क्रममा उनीहरुलाई पक्रेको हो ।


शंकाको आधारमा चेकिङ गर्दा लागूऔषध डाइजेपाम १२ एम्पुल, नुर्फिन १९ एम्पुल र फेनार्गन १६ एम्पुल गरी ४७ एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाँजासहित पक्राउ पर्नेमा पर्सा भौराटार–७ का ३० वर्षीय बिनोद सहनी रहेका छन् । प्रहरीले उनको साथबाट लागूऔषध गाँजा ५ किलो ५९० ग्राम फेला पारेको थियो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर आउँदो चुनावमा एक्लै लडेर शक्तिशाली बन्ने बताएका छन् । अर्घाखाँची भूमिकास्थान नगर कमिटी तेस्रो अधिवेशन उद्घाटन गर्न शनिबार आएका नेता श्रेष्ठले माओवादी नेता र पार्टी सच्चिनुपर्ने बताए । ‘२०६४ को हामी ठूलो शक्ति थियौं, अहिले शक्तिमा कमजोर छौं,’ ...
— लमजुङको सुन्दरबजार नगरपालिका-९, सिउँडीबारका ६७ वर्षीय रामबहादुर गुरुङ शुक्रबार मृत भेटिएका छन् । यही माघ ३ गतेदेखि हराएका उनी फेदीकुना सामुदायिक वनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताए । प्रहरी, आफन्त र स्थानीयले खोजी गर्दा गुरुङ दुई सातापछि मृत भेटिएको उनले बताए । उनका अनुसार भीरबाट लडेर मृत अवस्थामा रहेको ...
— पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिया ठाकुरबाबा नगरपालिका–२ रानीपुरमा बसको ठक्करबाट साइकलयात्रीको शुक्रबार मृत्यु भएको छ । कञ्चनपुर झलारीदेखि दाङ तुलसीपुर जाँदै गरेको ना७ ख ४१२ नम्बरको बसले साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका बर्दिया मधुवन नगरपालिका–१ खैरेनीका ६९ वर्षीय मानबहादुर चौधरीलाई नगर अस्पताल भुरीगाउँमा सामान्य उपचारपछि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको ...
— संसद्को शुक्रबार सुरु हिउँदे अधिवेशनको पहिलो दिन सरकारले ल्याएका अध्यादेशलाई लिएर सत्तापक्ष र प्रतिपक्ष दुई कित्तामा देखिएका छन् । संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीले विरोध जनाए भने प्रधानमन्त्रीसहित सत्तापक्षले अध्यादेशको बचाउ गर्दै अभ्यास, अधिकार र आवश्यकताअनुसार ल्याइएको बताए । अघिल्लो बजेट अधिवेशन भदौ ३१ मा सकिएको थियो । यसबीचमा सरकारले ६ वटा अध्यादेश ल्याएको छ । तीमध्ये ...
— नारायणी अस्पताल वीरगन्जको भवन निर्माणमा ढिलाइ भएपछि अस्पतालका चिकित्सकले शुक्रबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन् । अस्पताल भवन निर्माण संघर्ष समितिको आह्वानमा बिहान ११ देखि १२ बजेसम्म १ घण्टा चिकित्सकले अस्पतालको दुवैतर्फको भवनको बीचमा रहेको त्रिभुवन राजपथ अवरुद्ध गरेका हुन् । समितिका संयोजक एवम् अस्पतालका चिकित्सक डा. नीरज सिंहले ५ सय शय्याको भवन निर्माणको विषय न्यायालयमा ...