मुख्य समाचार
अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो
अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो

— प्रसिद्ध धार्मिकस्थल मनकामना र देवघाटलाई जोड्ने उद्देश्यका साथ फिस्लिङदेखि देवघाटसम्म भएको अल्ट्रा र्‍याफ्टिङ म्याराथन प्रतियोगितामा बागमती प्रदेश पहिलो भएको छ । विजेता बागमतीले ६० हजार नगद पुरस्कार पाएको छ । गण्डकी प्रदेश दोस्रो र कोशी प्रदेश तेस्रो बन्दै क्रमशः ४० र २० हजार नगद पाएका छन् ।


नेपाली सेनाको ‘बी’ टिम चौथो र सेनाकै ‘ए’ टिम पाँचौं बनेको छ । चौथो र पाँचौं टिमले क्रमशः १० हजार र ७ हजार नगद पाएका छन् । मनकामना र देवघाटलाई जोड्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजक प्रदेश खेलकुद परिषद् गण्डकीका साहसिक खेलकुद संयोजक वसन्तराज दवाडीले बताए । बुधबार गण्डकी गाउँपालिका–६ भुम्लीचोकबाट प्रतियोगिताको आरम्भ गरिएको थियो । पहिलो दिन फिस्लिङदेखि सिमलताल र दोस्रो दिन सिमलतालदेखि देवघाटसम्म प्रतिस्पर्धा भएको दवाडीले बताए । फिस्लिङदेखि देवघाटसम्म ५० किलोमिटर दूरीमा र्‍याफ्टिङ प्रतियोगिता भएको थियो ।


प्रतियोगितामा ६ टोलीका ४६ जनाले सहभागिता जनाएका थिए । ‘दुई धार्मिकस्थललाई साहसिक खेलकुदको माध्यमबाट जोड्न प्रतियोगिता गरेका हौं, अल्ट्रा र्‍याफ्टिङ म्याराथन पहिलो पटक आयोजना गरिएको हो,’ उनले भने, ‘जल विपद्मा पनि सारथि बन्न सकियोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सफल बन्यो, खेलप्रेमी पनि यसबाट उत्साहित हुनुहुन्छ ।’

शुक्रबार तनहुँको आबुखैरेनी गाउँपालिका–५ सिमलतालबाट नवलपुरको गैंडाकोट नगरपालिकास्थित नारायणी बिच रिसोर्टसम्म भएको कायक प्रतियोगितामा तनहुँका रवीन गुरुङ पहिलो बनेका छन् । नारायणी नदीमा भएको निर्धारित ३३ किलोमिटर दूरी उनले दुई घण्टा २८ मिनेट २६ सेकेन्डमा पार गरे । तनहुँकै प्रमोद गुरुङ दोस्रो, उदयपुरका कृष्ण खड्का तेस्रो, धनकुटाका विजम माझी चौथो र गोरखाका सुरेन्द्र चेपाङ पाँचौं बनेको प्रदेश खेलकुद परिषद् प्रशासन शाखाका तोपलाल भुसालले बताए । उनीहरूले क्रमशः २०, १५, १०, ५ र ३ हजार नगद पुरस्कार पाएका छन् । तनहुँ घर भएका १६ वर्षीय अम्मर गुरुङले पनि निर्धारित दूरी सफल रूपमा पार गरेको उनले बताए । कायक प्रतियोगितामा २५ जनाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित