मुख्य समाचार
अमेरिकामा एयर एम्बुलेन्स विमान दुर्घटना, ७ मेक्सिकनको मृत्यु
अमेरिकामा एयर एम्बुलेन्स विमान दुर्घटना, ७ मेक्सिकनको मृत्यु

— अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियास्थित रुजवेल्ट महल नजिकै मेडिकल सामाग्री ढुवानी गर्ने एयर एम्बुलेन्स विमान दुर्घटना भएको छ । स्थानीय समयअनुसार शुक्रबार राति तथा नेपाली समय शनिबार दिउँसो भएको दुर्घटनामा एम्बुलेन्समा सवार सबै ६ र पैदल यात्री एक गरी ७ को मृत्यु भएको अमेरिकी समाचार एजेन्सी एपीले जनाएको छ ।


मृतक सबै मेक्सिकोका नागरिक हुन् । उनीहरु सबै आफ्नो देशको नागरिक भएको मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबामले समाजिक संजाल एक्समार्फत जानकारी दिएकी छन् ।


आफ्नो नागरिकको मृत्युप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरेकी छन् । फिलाडेल्फिया शहरबाट मिसौरी राज्यका लागि उडान भरेको विमान केही समयमै अचानक आगलागी भएपछि दुर्घटना भएको हो । स्थानीय प्रत्यक्षदर्शीले तीब्र गतिमा झर्दै जमिनमा बजारिएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । ६ जना सवार विमान मानिसको आवतजावत भइरहने स्थानमा दुर्घटना हुँदा एक पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा मुख्य सडक वरपर रहेका १९ जना घाइते भएको एपीले उल्लेख गरेको छ । विमानमा चार जना चालक दल र दुई जना यात्रु आमा छोरी सवार थिए । फिलाडेल्फियाबाट मिसौरीका लागि उडान भरेको विमानमा केहि समयमै अचालक आगलागी भएपछि दुर्घटना भएको हो ।

अधिकारीहरुले पुष्टि नगरेसम्म दुर्घटनाको अवस्था र वास्तविक कारण खुलाउन नसकिने फिलाडेल्फियाका प्रबन्ध निर्देशक एडम थिएलले बताएका छन् । विमान दुर्घटनाको कारण तत्काल खोज्न अधिकारीलाई अनुरोधसमेत गरेका छन् ।

घाइतेको उपचार गरिरहेको टेम्पल युनिभर्सिटीका अस्पताल जिन्सका प्रवक्ताले जीन्स र जेफरसन हेल्थले दुर्घटनामा परेका अधिकांश घाइतेलाई शनिबार मध्यान्हसम्ममा उपचारपछि डिस्चार्ज गरिएको र तीन जना गम्भीर देखिएकोले अस्पतालमा भर्ना गरिएको बताएको एपीले उल्लेख गरेको छ ।

दुई दिन अघि मात्र राजधानी वासिङ्टन डीसीमा अमेरिकन एयरलायन्सको विमान सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएर दुर्घटना हुँदा ६७ जनाको मृत्यु भएको थियो । विमानको ब्ल्याकबक्स फेला परेसँगै प्रारम्भीक अनुसन्धानबाट एटीसीको कमजोरीका कारण घटना भएको खुल्न आएको थियो । यो अमेरिकामा २० वर्षपछिको ठूलो विमान दुर्घटना थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...