— एटलान्टाले इटालीको सिरी ए मा शनिबार टुरिनोसँग १–१ को बराबरी खेलेको छ र यसले उसको उपाधि होड कमजोर बनेको छ । एटलान्टाले घरमा बेराट जिमसिटीको गोलले अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन् ।
टुरिनोका लागि गुलेर्मो मारिपानले बराबरी गोल फर्काए । यो बराबरीपछि एटलान्टा ४७ अंकमा तेस्रोमा रह्यो र यो शीर्षमा रहेको नेपोलीसँग छ अंकको दूरी हो । शीर्ष दुई स्थानमा नेपोलीको २२ खेलबाट ५३ र इन्टर मिलानको २१ खेलबाट ५० अंक छ ।
लाजियो भने ३९ अंकमा चौथो स्थानमा छ । अन्य खेलमा हेलास भेरोनाले मोन्जालाई १–० र युडिनेजीले भेनेजियालाई ३–३ ले पराजित गरेको छ ।