मुख्य समाचार
महाकुम्भ मेलाबाट फर्किने क्रममा स्करपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु
महाकुम्भ मेलाबाट फर्किने क्रममा स्करपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु

: भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किने क्रममा स्करपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ। महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्करपियो विहारको मुजफफपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो।


दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्करपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्। मोटरसाइकललाई बचाउन खोज्दा स्करपियो अनियन्त्रित बनेको थियो।

'पाँच जनाको घटनास्थलमै मृत्यु भयो। जसमध्ये तीन जना महिला छन्। चार जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ,' उनले भनेकी छन्।




महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने प्रयास भइरहेको जनाएको छ। दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मन्दिर नजिक भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायलबाट विपिन जोशीको शव आज दिउँसो नेपाल आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कञ्चनपुरका जोशीको शव फ्लाई दुबईको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउन लागिएको हो। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने मन्त्रालयले जनाएको छ। हमासले जोशीलाई किबुल आलुमिमबाट २०८० असोज २३ गते अपहरण गरेको ...
: हमासद्वारा अपहरण भई हत्या गरिएका नेपाली नागरिक विपिन जोशीको शवलाई आज इजरायलले अन्तिम बिदाइ गरेको छ। इजरायलले उनको शव नेपाल पठाएको हो। तेलअभिवस्थित बेन गुरियन विमानस्थलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतको “अपहृत, बेपत्ता र फर्कने समन्वय निर्देशनालय”को तर्फबाट राज्यस्तरीय श्रद्धाञ्जली समारोह आयोजना गरिएको थियो। समारोहमा अपहृत तथा बेपत्ता समन्वयकर्ता गल हिर्श, इजरायली परराष्ट्र मन्त्रालयका प्रतिनिधि जिभ बिलाउस, नेपाल ...
: दुई वर्षअघि इजरायलमा कृषि अध्ययनका लागि आएका नेपाली विद्यार्थी समूहको पहिलो दिनको तस्बिर अहिले एक सम्झना बनेको छ। सो समूह इजरायलको परराष्ट्र मन्त्रालयको कृषि लाभान्वित परियोजना अन्तर्गत एसजीओटी जीभ लाभान्वित केन्द्रमार्फत आएको थियो। त्यो दिन इजरायली प्रशिक्षक र अधिकारीहरूले उनीहरूलाई उत्साहका साथ स्वागत गरेका थिए। उनीहरू हर्ष, जिज्ञासा र भविष्यप्रतिको आशाले भरिएका युवा थिए। तर, ...
: भारतमा रेलको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ। बैतडीको सुर्नया गाउँपालिका-२ लिस्किटाका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको हो। रोजगारीको सिलसिलामा भारतमा रहेका चन्दको बुधबार रेलको ठक्करबाट मृत्यु भएको मृतक बिसाका दाजु गणेश बहादुर चन्दले जानकारी दिए। भारतको केरलाबाट बेंगलोर फर्किने क्रममा सो घटना भएको चन्दले बताए।
: इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ। तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको पहिचान गरिएको छ। बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ। आइडीएफका अनुसार बिपिन जोशीलाई युद्धको पहिलो केही महिनामै हत्या भएको अनुमान गरिएको छ। गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए ...