मुख्य समाचार
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई २–० ले पराजित
लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई २–० ले पराजित

— मोहमद सलाहले गरेको दुई गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिबार २–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ ।


यस्तै तेस्रो स्थानमा रहेको नटिङघम फरेस्टले ब्राइटनलाई ७–० ले हराएको छ ।


प्रिमियर लिगको इतिहासमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा पनि उक्लेका छन् । उनले फ्रान्क लाम्पार्डलाई पछाडि छाडेका हुन् । उनको गोल संख्या १ सय ७८ पुगेको छ । यो जितले लिरभपुलको कीर्तिमान २० औं लिग उपाधिको यात्रा पनि अझ सजिलो बनेको छ ।

एभरटनले लेस्टर सिटीलाई ४–० ले हराएर रेलिगेसन तनाव कम गरेको छ । यस्तै उल्भ्सले एस्टन भिल्लालाई २–० ले हराएर रेलिगेसन क्षेत्र छाडेको छ । अन्य खेलमा फुलहमले न्युकासल युनाइटेड र साउथह्याम्पटनले इपस्विच टाउनलाई समान २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ। मस्कटको नाम सुदूरपश्चिमको स्थानीय भाषामा राखिएको हो। यस्तै मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ। सुदूरपश्चिमले धनगढी क्रिकेट एकेडेमी (डीसीए)मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो। गत सिजनको उपविजेता टोली सुदूरपश्चिम रोयल्स ...
— इन्टर मिलानले आइतबार इटालीको सिरी ए मा लाजियोलाई २–० ले हराएको छ र अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । सानसिरोमा भएको खेलमा लउटारो मार्टिनेज र एन्गे–योन बोनीले एक-एक गोल गरे । यो जितपछि इन्टरको ११ खेलबाट २४ अंक भएको छ । एएस रोमाको पनि समान २४ अंक छ र अहिलेका लागि गोल अन्तरले दोस्रो ...
— रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सेल्टा भिगोलाई ४–२ ले हराएको छ र शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी तीन अंकमा छोट्याएको छ । अर्को खेलमा रियलले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि बार्सिलोनालाई फाइदा पुगेको हो । रियलको १२ खेलबाट ३१ अंक छ भने बार्सिलोनाका त्यत्तिकै खेलबाट २८ अंक भएको छ । बालाडोसमा ...
: अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्। मंसिर १ देखि सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिनका जादुगर ताहिरलाई अनुबन्धन गरेको हो। ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ...
: हङकङमा सम्पन्न भएको हङकङ सिक्सेस २०२५ को सर्वाधिक रनकर्ता र सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका दुई खेलाडी परेका छन्। नेपालका ओपनर ब्याटर सन्दीप जोरा प्रतियोगिताको सर्वाधिक रनकर्ता बनेका छन्। उनले ५ खेलमा १ अर्धशतकसहित १७६ रन बनाएका छन्। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका बलर रासिद खान रहेका छन्। उनले ५ खेलमा ९ ...