मुख्य समाचार
ला लिगामा इस्पनयोलसँग रियल १–० स्तब्ध
ला लिगामा इस्पनयोलसँग रियल १–० स्तब्ध

— रियल म्याड्रिडले स्पेनी ला लिगामा शनिबार इस्पनयोलको हातबाट १–० को स्तब्धपूर्ण हार बेहोरेको छ । यो हारले लिग तालिकाको शीर्ष स्थानमा रियलको अग्रता एकै अंकमा सीमित रह्यो ।


इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।


रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोलका लागि यो तीन अंक बहुमूल्य रहनेछ । त्यस अगाडि एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २–० ले हराएको थियो । अब अर्को साता म्याड्रिड डर्बीमा रियल र एटलेटिको नै भिड्नै छन् ।

अन्य खेलमा भिल्लारियलले रियल भालाडोलिडलाई ५–१ ले हरायो भने गेटाफे र सेभियाले गोलरहित बराबरी खेले । भिल्लारियल अंक तालिकाको पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यालय अगाडि खेलाडी तथा फुटबल समर्थकले धर्ना दिएका छन्। नेपाल फुटबल खेलाडी संघले खेलाडीको खेल्ने अधिकारमाथि एन्फाले बन्देज लगाएको भन्दै प्रदर्शन गरेको हो। राष्ट्रिय टिमका अन्जन विष्ट, विकेश कुथु, विराज महर्जन, रोहित चन्द जस्ता खेलाडी पनि प्रदर्शनमा रहेका छन्। एन्फा र ʻएʼ डिभिजन क्लबहरुबीच अर्को वर्षमात्रै ʻएʼ डिभिजन ...
: दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो। बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख ...
: आइसीसी विश्वकप लिग २ अन्र्गतको अन्तिम खेलमा नेपाल यूएईसँग ४ विकेटले पराजित भएको छ। यो हारसँगै नेपालले यो शृङ्खला जितविहीन हुँदै सकेको छ। दुबईको आइसीसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनाएको थियो। नेपालले दिएको २४० रनको विजयी लक्ष्य पछ्याएको यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै ...
: नेपाली खेलकुदमा हालः सबैभन्दा चर्चामा रहेको खेल हो, क्रिकेट। गत महिना ओमानमा भएको इस्ट एसिया तथा एसिया प्यासीफीक क्षेत्र छनोटमा अपराजित रहँदै विश्वकप छनोटको उपाधि जितेको नेपालले एकदिवसीय क्रिकेटको पछिल्लो शृंखलामा भने १ जित पनि निकाल्न सकेन। प्रशिक्षक स्टुर्अट लले नेपाली क्रिकेटको प्रशिक्षण सम्हालेपछि नेपालले आइसीसी विश्वकप लिग २ को पहिलो शृंखलामा राम्रो खेलेको ...
: २९ वर्षीया जेमी मेहलम र ५ वर्षको घोडा (हाफ योर्स)को जोडीले संसारलाई चकित पार्दै यो वर्षको मेलबर्न कप उचालेको छ। भिक्टोरिया राज्यको मेलबर्नको फ्लेमिङटनमा मंगलबार भएको १६५औं अन्तर्राष्ट्रिय घोडा दौडको उपाधि जित्ने मेहलम पहिलो घोडसवार महिला हुन्। उनले आफ्नै घरेलु मैदान मेलबर्नमा अन्य २३ जना घोडसवारलाई उछिन्दै ऐतिहासिक सफलता प्राप्त गरेकी हुन्। संसारलाई चकित ...