मुख्य समाचार
भारतीय बजेट : ऊर्जा क्षेत्रका सरकारी संस्थाको बजेटमा उल्लेख्य वृद्धि
भारतीय बजेट : ऊर्जा क्षेत्रका सरकारी संस्थाको बजेटमा उल्लेख्य वृद्धि

— भारतले सरकारी स्वामित्वका ऊर्जासम्बन्धी ९ संस्थाको बजेट करिब २१ प्रतिशतले बढाएको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु ८६१ अर्ब ३८ करोड विनियोजन गरिएको छ ।


आर्थिक वर्ष २०२४/२५ को तुलनामा यो २१ प्रतिशत बढी रहेको भारतीय सञ्चारमाध्यम इकोनमिक्स टाइम्समा उल्लेख छ । आर्थिक वर्ष २०२४/२५ का लागि भारु ६७२ अर्ब ८६ करोड बजेट अनुमान गरिएको थियो ।


एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन), नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी), सतलज जलविद्युत् निगम लिमिटेड (एसजेभीएन) र पावर ग्रिड कर्पोरेसन अफ इन्डियासहित ९ वटा सरकारी स्वामित्वका कम्पनीले आर्थिक वर्ष २०२४/२५ मा भारु ७१२ अर्ब ७८ करोड खर्च गरेका थिए ।

केन्द्र सरकारको स्वामित्वमा रहेका एनटीपीसीमा सबैभन्दा बढी बजेट छुट्याइएको भारतीय सञ्चार संस्थाहरूले जनाएका छन् । आर्थिक वर्ष २०२५/२६ का लागि भारत सरकारले भारु २६० अर्ब बजेट छुट्याएको छ । जब कि गत वर्ष २२७ अर्ब बजेट विनियोजन गरिएको थियो ।

नेपालले भारत र बंगलादेशलाई बिजुली बेच्नेदेखि हिउँदमा बिजुली खरिद गर्नेसम्मको काम एनभीभीएनमार्फत हुने गरेको छ । हिउँदमा बिजुली आयात गर्न सहमति र वर्षायाममा बिजुली बिक्री गर्न नेपाली जलविद्युत् आयोजनाहरूको नाम स्वीकृत पनि एनभीभीएनले नै गर्दै आएको छ ।

भारतले पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको पनि बजेट बढाएको छ । बजेटमा आर्थिक वर्ष २०२५/२६ का लागि भारु २५० अर्ब विनियोजन गरिएको छ । आर्थिक वर्ष २०२४/२५ मा १२२ अर्ब ५० करोड मात्र थियो । त्यसवर्ष संशोधित अनुमान भारु २०० अर्ब रहेको मन्त्री सीतारमणले उल्लेख गरेकी छन् । नेपाल र भारतबीच अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्न नेपालको नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाले संयुक्त कम्पनी नै खोलेर निर्माण गर्दै आएको छ ।

तल्लो अरुण र ९ सय मेगावाटको अरुण–३ पाएको भारतीय कम्पनी एसजेभीएनका लागि भने गत वर्ष संशोधित बजेटको तुलनामा उल्लेख्य वृद्धि गरिएको छ । भारतले आर्थिक वर्ष २०२५/२६ का एसजेभीएनको बजेट भारु १२० अर्ब छुट्याएको छ । आर्थिक वर्ष २०२४/२५ मा १२० अर्ब विनियोजन गरिए पनि पछि संशोधन गरेर भारु ७० अर्बमा घटाइएको थियो । ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ पाएको भारतीय सरकारी कम्पनी एनएचपीसीका लागि भने आर्थिक वर्ष २०२५/२६ मा भारु १३० अर्ब छुट्याइएको छ । गत वर्ष १११ अर्ब ९३ करोड बजेट अनुमान गरिएको थियो भने पछि संशोधित बजेट १०३ अर्ब ९४ करोड थियो ।




भारतीय ऊर्जा मन्त्रालयको समग्र बजेट नै बढाइएको छ । आर्थिक वर्ष २०२४/२५ मा २०५ अर्ब २ करोड विनियोजन गरिएकामा आर्थिक वर्ष २०२५/२६ का लागि २१८ अर्ब ४७ करोड विनियोजन गरिएको छ ।

भारत सरकारले आणविक ऊर्जा मिसनका लागि ‘विकसित भारत’ कार्यक्रमसमेत घोषणा गरेको छ । आणविक ऊर्जा क्षमतालाई बढाउन आणविक ऊर्जा ऐन र आणविक क्षतिका लागि नागरिक दायित्व ऐनलाई संशोधन गर्नेसमेत बजेटमा भनिएको छ । आणविक ऊर्जा क्षमतालाई सन् २०४७ सम्म सय गिगावाट पुर्‍याउन र सरकारको दिगो ऊर्जा र जलवायु लक्ष्यसम्बन्धी प्रतिबद्धतालाई पूरा गर्नसमेत आणविक ऊर्जालगायत ऐनहरूको संशोधन गर्न लागिएको समेत अर्थमन्त्री सीतारमणले बताएकी छन् ।

‘ऊर्जा क्षेत्रका सुधारका लागि राज्यले विद्युत् वितरण प्रणालीलाई सुधार र अन्तरराज्य प्रसारण क्षमताको वृद्धिलाई प्रोत्साहन गर्छौं, यसका लागि राज्यहरूलाई शून्य दशमलव ५ प्रतिशत अतिरिक्त ऋण लिन अनुमति दिइनेछ,’ अर्थमन्त्रीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...