मुख्य समाचार
चलचित्र विकास बोर्डका अध्यक्ष र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी बीच द्धिपक्षीय भेटवार्ता
चलचित्र विकास बोर्डका अध्यक्ष र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी बीच द्धिपक्षीय भेटवार्ता

। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ ।

छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।




भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकतामाथि चासो राखेका थिए ।

बैठकमा अध्यक्ष डीसीले नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध बलियो तुल्याउनेबारे ध्यानाकर्षण गराएका थिए ।




नेपाली फिल्मकर्मीले अमेरिकामा आयोजना हुने फिल्म महोत्सव, कार्यशाला र सांस्कृतिक कार्यक्रममा सहभागि हुन सहजता पाउनुपर्ने, नेपालमा पनि अमेरिका र नेपाली फिल्म क्षेत्रबीच विशेष कार्यक्रम गरिनुपर्ने विषय अध्यक्ष डीसीले प्रस्तुत गरे ।

सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न पहल गर्दै आएको र सोही पहलको फलस्वरुप यो भेट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मार्वल स्टुडियोजले कमिक-कन इन्टरनेसनलको प्रस्तुतिमा डेभिड जोन्सनलाई नयाँ ‘ब्ल्याक प्यान्थर’का रूपमा सार्वजनिक गरेको छ । उनले चाडविक बोसम्यानले निर्वाह गरेको पात्र टी’चालाका छोराको भूमिका खेल्नेछन् । मार्वलले नयाँ फिल्ममा रायन गोसलिङले ‘घोस्ट राइडर’को भूमिका निर्वाह गर्ने जानकारी पनि दिएको छ । यी दुवै बहुप्रतीक्षित फिल्महरू सन् २०२८ मा प्रदर्शन हुनेछन् । जोन्सन ‘ब्ल्याक प्यान्थर’ शृंखलाका निर्देशक ...
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...