मुख्य समाचार
चलचित्र विकास बोर्डका अध्यक्ष र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी बीच द्धिपक्षीय भेटवार्ता
चलचित्र विकास बोर्डका अध्यक्ष र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी बीच द्धिपक्षीय भेटवार्ता

। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी. सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ ।

छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र अमेरिकामा आयोजना हुने फिल्म अवार्ड एवं सम्मान समारोह, फिल्मकर्मीको भिसासम्बन्धी विषयमा छलफल भएको बोर्डले जनाएको छ ।




भेटमा सिम्किसले नेपालमा आयोजना हुने फिल्म अवार्डको छनोट प्रक्रिया, विश्वसनीयता र कलाकारले प्राप्त गर्ने सिफारिस पत्रको आधिकारिकतामाथि चासो राखेका थिए ।

बैठकमा अध्यक्ष डीसीले नेपाली फिल्म उद्योगको अन्तर्राष्ट्रिय विस्तार तथा नेपाल र अमेरिकाबीचको सांस्कृतिक सम्बन्ध बलियो तुल्याउनेबारे ध्यानाकर्षण गराएका थिए ।




नेपाली फिल्मकर्मीले अमेरिकामा आयोजना हुने फिल्म महोत्सव, कार्यशाला र सांस्कृतिक कार्यक्रममा सहभागि हुन सहजता पाउनुपर्ने, नेपालमा पनि अमेरिका र नेपाली फिल्म क्षेत्रबीच विशेष कार्यक्रम गरिनुपर्ने विषय अध्यक्ष डीसीले प्रस्तुत गरे ।

सिम्किसले अमेरिकी दूतावास नेपाली फिल्मकर्मीको भिसा प्रक्रियालाई सहजीकरण गर्न सकारात्मक रहेको बताएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ । बोर्डले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न पहल गर्दै आएको र सोही पहलको फलस्वरुप यो भेट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अहिलेको समयमा सर्वाधिक लोकप्रिय भारतीय गायकहरूमध्येका एक हुन्, अरिजीत सिंह । उनले आफ्नो सांगीतिक करियरमा कैयौँ सुपरहिट गीतहरू दिएका छन् । चलचित्र गायनमा त उनले कब्जा नै जमाएका छन्। तर हिजो मंगलबार साँझ अकस्मात् उनले चलचित्र गायन अब रोक्ने घोषणा गरे । सामाजिक सञ्जालमार्फत गरेको उनको त्यस्तो घोषणापछि फ्यानहरू अचम्ममा परे । किन ? भनेर प्रश्नहरू ...
४ वर्षको पर्खाइपछि चर्चित के-पप ब्यान्ड बीटीएस सांगीतिक टूरमा फर्कदैछ । अहिले यो टूरको टिकटलाई यति धेरै मारामार भएको छ कि मेक्सिकोकी राष्ट्रपतिले नै दक्षिण कोरियाली समकक्षीलाई आफ्नो देशमा अझै शो थपिदिन अनुरोध गरेकी छिन् । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले सोमबार भनिन्, ‘मैले कोरियाका राष्ट्रपतिलाई चिठी त लेखेकी छु… अहिलेसम्म जवाफ त आएको छैन, तर आशा ...
। पपस्टार कान्ये वेस्टले आफूले दिएको नाजीवादी अभिव्यक्तिलाई लिएर माफी मागेका छन् । सोमबारको ‘वाल स्ट्रिट जर्नल’ मा पूरा एक पानाको विज्ञापन नै छापेर आफ्ना कुराहरू राखेका छन् । ग्रामी विजेता गायकले सो विज्ञापनमा एउटा लामो माफीनामा लेखेका छन् । पछिल्ला वर्षमा उनले सामाजिक सञ्जालमार्फत यहुदी समुदायमाथि गरेको प्रहार र ‘नाजीवाद’ को समर्थन गरेकोमा पछुतो मान्दै ...
। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्था समितिले चलचित्र विधेयक पारित गरेको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल गदै पारित गरेको हो । चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले स्वदेशी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन हुनेगरी सो सम्बन्धी कानुन परिमार्जन गर्न लागिएको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री सिन्हाले चलचित्र सम्बन्धि प्रचलित कानुनलाई परिमार्जनका लागि सांसदहरूले गरेका विमर्शले सिंगै देशको चाहनालाई प्रतिबिम्बित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम