मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरे
नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरे

: नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देशाईको बिदाइ गरेको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक देशाईको बिदाइ गरेको क्यानले जनाएको छ।


क्यानका प्रवक्ता छुम्बी लामाले मुख्य प्रशिक्षक देशाईको दुई वर्षे कार्यकाल समाप्त भएको र क्यानले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको बताएका छन्। 'मोन्टी देशाईलाई २ वर्षे कार्यकाल रहनेगरी नियुक्त गरिएकोमा निजको सम्झौता समाप्त भएको व्यहोरा अवगत नै छ। नेपाल क्रिकेट संघले उक्त सम्झौता नवीकरण नगर्ने निर्णय गरेको व्यहोरा सम्पूर्णमा जानकारी गराउन चाहन्छौं,' प्रवक्ता लामले विज्ञप्ति जारी गर्दै भनेका छन्।

क्यानले मोन्टीको प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले गरेको प्रदर्शनको सराहना गरेको छ। मोन्टीको 'वान बल ब्याटल' र 'ह्याप्पी ड्रेसिङ' रूमलाई पनि क्यानले तारिफ गरेको छ। मोन्टीकै प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीले एक दिवसीय मान्यता बचाउनेदेखि एसिया कप र विश्वकप खेलेको भन्दै क्यानले सराहना गरेको हो।




भारत र पाकिस्तानजस्ता टिमसँग खेल्ने अवसर पनि मोन्टीकै प्रशिक्षणकालमा सफल भएको क्यानले जनाएको छ। नेपाली क्रिकेट जगतमात्र होइन, १२औं खेलाडीको रूपमा रहेको नेपाली क्रिकेट प्रेमीहरूले पनि सधैं सम्झिरहने भन्दै मोन्टीलाई क्यानले प्रशंसा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...