मुख्य समाचार
आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै
आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै

: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको बताएका छन्। शनिबार चितवनमा नेकपा माओवादी केन्द्र चितवनले गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन्।


देशलाई माया गर्ने र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताए । प्रचण्डले पार्टीको तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रुपान्तरणको थालनी गरिएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरुको पार्टी प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र नभई मुलुकै अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुग्ने बताए ।




उनले आफूहरु एकीकृत समाजवादीसँग समाजवादी मोर्चा र विपक्षी मोर्चामा रहेर सहकार्य गरिरहेको उल्लेख गरे। मोर्चाले माओवादी र एकीकृत समाजवादीबीचको एकता प्रक्रियालाई सहज बनाउने विश्वास व्यक्त गरे।

उनले छिट्टै संसदमा सम्बोधन गर्ने र वर्तमान राजनीतिक घटनाक्रममा बारेमा देशलाई जानकारी गराउने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौंको कालिमाटी ढलमा फसेका एक जनालाई प्रहरीले उद्धार गरेको छ। आज बिहान काठमाडौं महानगरपालिका-२० कालिमाटी कनप पेट्रोल पम्प नजिकै रहेको ढलबाट अन्दाजी ३५ वर्षका एक जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ। null प्रहरीका अनुसार उनलाई नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालयले उद्धार गरी थप उपचारका लागि ट्रमा सेन्टर पठाएको छ। उनको पहिचान खुल्न बाँकी रहेको ...
। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वार अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल ...
: खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाललाई नेकपा माओवादी (केन्द्र )ले पार्टीबाट निष्कासन गरेको छ । एक वर्षदेखि पार्टी र कार्यालयलाई जानकारी नगराइ अमेरिका गएर नफर्किएका उनलाई माओवादीको कोशी प्रदेश समितिले अनिश्चित कालका लागि पार्टी सदस्यताबाट निलम्बन गर्दै निष्कासन गरेको हो । कट्वाल २०७९ को स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट साकेला ४ ...
: पूर्वी चितवनमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। खैरहनी नगरपालिका घर भएका रत्ननगर नगरपालिका–७ बस्ने ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो। रत्ननगर–७ को लौखानीमा रहेको चितवन एडभेन्चर होटल पछाडि महतोलाई शनिबार हात्तीको आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिएका छन्। जङ्गली हात्ती गोविन्देको आक्रमणबाट महतोको घटनास्थलमा नै ...
रास्वपा सभापति लामिछाने कास्की जिल्ला अदालतमा उपस्थित हुँदै