मुख्य समाचार
अमेरिकी सरकारी निकायको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासन प्रयत्नमा मस्क
अमेरिकी सरकारी निकायको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासन प्रयत्नमा मस्क

— अमेरिकाको नवगठित ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले वरिष्ठ पदका सरकारी कर्मचारीहरूलाई कार्यालयको कम्प्युटर प्रणलीमा पहुँच रोकिदिएको पाइएको छ । रोयर्टसका अनुसार मस्कका सहयोगीहरूले अमेरिकी संघीय निजामती सेवाको व्यवस्थापन गर्ने ‘अफिस अफ पर्सनल म्यानेजमेन्ट’ लाई ‘नियन्त्रण’ मा लिएका छन् । यो नेपालको निजामति किताबखाना र लोक सेवा आयोगजस्तै निकाय हो ।


सरकारी प्रशासन सुधारका लागि भन्दै डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित हुनासाथ डज भनिने दक्षता विभाग स्थापनाको घोषणा गरेका थिए । उनले यसको जिम्मेवारी सम्हाल्न विवेक रामास्वामी र इलनलाई छानेका भए पनि ट्रम्पले जनवरी २० मा शपथग्रहण गरेको केही घण्टापछि नै रामास्वामीले यसबाट बाहिरिने घोषणा गरेका थिए ।


आफू एक्लैलाई विभाग नेतृत्वको मौका मिलेपछि मस्कले अफिस अफ पर्सनल म्यानेजमेन्टमा आफ्ना कयौँ सहयोगीहरू राखेको समाचार संस्था इन्डिपेन्डेन्टले जनाएको छ । एन्थनी आर्मस्ट्रङ, ब्रायन जेल्डी, अमाल्डा स्केल्सजस्ता उनका सहयोगीले कर्मचारीहरूलाई राजिनामा दिएर ‘सपनाको गन्तव्य’मा छुट्टी मनाउन जान भन्दै अफिस अफ पर्सनल म्यानेजमेन्ट (ओपीएम)मार्फत धमाधम इमेल पठाइरहेका छन् । रोयटर्सका अनुसार गत हप्ता २३ लाखभन्दा धेरै संघीय तहका सरकारी कर्मचारीहरूलाई स्वेच्छाले जागिर छोडेमा नगद प्रोत्साहजसहित बिदा दिने प्रस्ताव गरिएको थियो ।

सो प्रयोजनका लागि मस्कको समूहले संघीय कर्मचारीलाई इमेल पठाउने छुट्टै प्रणाली विकास गरेको बताइन्छ । ओपीएमका उच्च पदस्थ दुई कर्मचारीले कार्यालयको डेटा सिस्टमा आफूहरूलाई पहुँच प्रतिबन्ध गरिएकोबारे रोयटर्सलाई बताएका छन् । ‘उनीहरूको कार्यालयको कम्प्युटर तथा डेटा सिस्टममा के गरिरहेका छन् भन्नेबारे हामीलाई कुनै जानकारी छैन,’ एक कर्मचारीले भनेका छन्, ‘यसले साइबर सुरक्षा र ह्याकिङको जोखिम बढाएको छ ।’

वर्गीकृत विज्ञापन
पोस्ट गर्नुहोस्
मर्मत
इन्टरप्राइज ह्युमन रिसोर्सेज इन्टिग्रेसन भनिने कार्यालयको प्रणालीमा विशाल डाटाबेस रहेको र त्यसमा लाखौँ कर्मचारीहरूको जन्म मिति, सामाजिक सुरक्षा नम्बर, कार्य सम्पादन मूल्याङ्कन, घरको ठेगाना, तलब ग्रेड र सेवा अवधि लगायत विवरण समावेश रहेको अधिकारीहरूले बताएका छन् । यस प्रणालीमा ओपीएमका कर्मचारीले लग इन गरेर इमेल लगायत सेवा चलाउन मिले पनि डेटासेटमा पहुँच रोकिएको प्रतिकृया दिएका छन् ।

ITPF
राष्ट्रपती ट्रम्पले कार्यभार सम्हालेयता उल्लेख्य संख्यामा कर्मचारी संख्या कटौती गरेर आफ्ना समर्थकहरूलाई नियुक्त गर्ने, खर्च घटाउने, कर्मचारीतन्त्रमा सुधार ल्याउने भन्दै व्यापक फेरबदल गरिरहेका छन् । टेस्ला तथा स्पेस एक्सका प्रमुख अर्बपती मस्कले यसमा ट्रम्पलाई सघाइरहेका छन् । उनले २२ लाख कर्मचारी कटौती गर्ने गरी काम गरेको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम