मुख्य समाचार
सरकारले ल्याएको अध्यादेशले सहकारीमा देखिएका समस्या समाधान हुन्छ : देउवा
सरकारले ल्याएको अध्यादेशले सहकारीमा देखिएका समस्या समाधान हुन्छ : देउवा

: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी सम्बन्धी अध्यादेशबाट सहकारी क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेको छ। कांग्रेस सहकारी विभागले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले सहकारी क्षेत्रमा देखिएका समस्या र विकृति अन्त्य गर्न सरकारले अध्यादेश ल्याएको जानकारी गराएका हुन्।


देउवाले अध्यादेशले समग्र सहकारी क्षेत्रको समस्या समाधान हुने विश्वास व्यक्त गरे। सहकारीमा जम्मा गरेका लाखौं बचतकर्ताहरुको रकम सञ्चालनहरुले अपचलन गरेको भन्दै उनले त्यसको सुरक्षाको ग्यारेन्टी गराउनुपर्ने बताए।

‘वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखा परेका विभिन्न किसिमका विकृति, विसंगतिहरुको अन्त्य गरी वास्तविक सहकारी आन्दोलनको विकास, बिस्तारका लागि सबै सहकारीहरु सहकारीको सर्वमान्य आधार, मूल्य, मान्यता र सिद्धान्तअनुसार सञ्चालन हुनुपर्छ भन्नेमा पार्टी प्रतिबद्ध छ ।’देउवाले भने,‘आम नागरिकहरुले अत्यन्त दुःख कष्ट, मेहनत गरेर सहकारीमा जम्मा गरेको लाखौँ वचत कर्ताहरु सहकारी पीडित भएका छन् ।’




सभापति देउवाले सहकारी क्षेत्रको विकास हुन सके समग्र अर्थतन्त्रकै विकास हुने जिकिर गरे। उनले अर्थतन्त्रका तीन आधारमध्ये एक सहकारी क्षेत्रको औचित्य र महत्त्व निकै रहेकाले कांग्रेसले सहकारी आन्दोलनलाई आम नागरिकसमक्ष पुर्‍याउन खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले सरकारले ल्याएको सहकारी अध्यादेशका केही प्रावधानमा असन्तुष्ट जनाएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिएको हो। सहकारी तथा गरिबी निवारण विभागका ...
। नेपाली कांग्रेसका महामन्त्री कांग्रेसको अधिवेशन १५औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने बताएका छन् । शनिबार एक कार्यक्रमलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने बताए । संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने उनले ...
प्रस्तुति : राजकरण महतो भूमि आयोगले के काम गर्दै छ ? भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी व्यवस्थापनको विषय राज्यको प्रमुख मुद्दा हो। आयोगमार्फत समस्या समाधान गर्ने प्रयास हुँदै आएको छ। तर, हालसम्म समाधान हुन सकेको छैन। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यो समस्या समाधान गर्न कटिबद्ध भएर लागेको छ। कसरी ? समस्या समाधानका लागि ...
। खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिबार आयोजित पाँचौं वार्षिक साधारणसभामा मन्त्री यादवले खानेपानी व्यवस्थापनका केही महत्वपूर्ण पक्षहरूमा आफ्नो प्रतिबद्धता रहेको बताए । सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार ...
— रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित सीमा नाकाबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई स्रोत नखुलेको नेपाली १६ लाख ४९ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए । मधेश ...