मुख्य समाचार
बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या
बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या

लेबनान । बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ ।




‘गाउँका १० जना मानिसको गोली हानेर हत्या गरेपछि बन्दुकधारीहरू भागेको सूचना प्राप्त भएको छ,’ अब्जर्भेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । उनले बन्दुकधारीहरू सुन्नी मुस्लिमहरू रहेको पनि बताए ।

सिरियाली अखबार अल–वतानले घटनापछि बन्दुकधारीहरूको खोजीका लागि सुरक्षा बलहरूले अर्जाह क्षेत्रलाई घेराहालेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आफ्नै सरकारका मन्त्री र पार्टीका सांसद राजीनामा माग्दै विपक्षमा उत्रिएपछि बेलायती प्रधानमन्त्री किएर स्टार्मर समस्यामा परेका छन् । मंगलबार मात्रै स्टार्मरको मन्त्रिपरिषद्का चार मन्त्रीहरूले राजीनामा दिएका थिए । अहिलेसम्म लेबर पार्टीकै ८० भन्दा बढी सांसदले स्टार्मरलाई पदबाट राजीनामा दिन माग गरेका छन् । उनीहरूले स्टार्मरलाई तुरुन्त पद छाड्न वा राजीनामाको समयसीमा तय गर्न माग गरिरहेका ...
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् । अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा मेन्डेलले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै जेलेन्स्कीले सन् २०२२ को इस्तानबुल शान्ति वार्तालाई कमजोर पारेर युद्ध जारी राख्ने रणनीति लिएको दाबी गरिन् । उनले जेलेन्स्की ब्रिफिङभन्दा अघि वेपत्ता हुने ...
। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा अहिलेसम्म २९ अर्ब डलर खर्च भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व र सैन्य तयारीमा यसको प्रभावको बारेमा बढ्दो छानबिनको सामना गर्नुपरिरहेका बेला यस्तो तथ्याङ्क सार्वजनिक भएको हो । क्यापिटल हिलमा बजेट सुनुवाइको क्रममा रक्षा विभागले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । नयाँ तथ्याङ्क दुई साताअघि रक्षा सचिव ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबीच एक महिनादेखि चलिरहेको युद्धविराम ‘लाइफ सपोर्ट’ मा रहेको बताएका छन् । ह्वाइट हाउसको ओभल अफिसमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै उनले युद्धविराम अहिले जारी रहे पनि अत्यन्तै कमजोर स्थितिमा रहेको बताएका हुन् । राष्ट्रपति ट्रम्पको अभिव्यक्तिबाट युद्धविराम औपचारिक रूपमा कायम रहे पनि जुनसुकै बेला भंग हुन सक्ने अत्यन्त कमजोर अवस्थामा पुगेको अनुमान ...
। ताजिकिस्तानका लागि रुसी राजदूत सेम्योन ग्रिगोभले रुस र ताजिकिस्तानबीचको सम्बन्ध एक भरपर्दो रणनीतिक साझेदारी र गठबन्धनका रूपमा अगाडि बढिरहेको बताएका छन्। दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४औँ वार्षिकोत्सवका अवसरमा तास समाचार एजेन्सीसँग कुरा गर्दै राजदूत ग्रिगोभले सबै क्षेत्रमा गतिशील सम्पर्क र दिगो संयन्त्रमार्फत सहकार्य भइरहेको उल्लेख गरे। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र ताजिक राष्ट्रपति ...