मुख्य समाचार
नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ
नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ

— रौतहटको ईशनाथ नगरपालिका–४ महुलियास्थित सीमा नाकाबाट शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरी बल मठियाको टोलीले राजपुर नगरपालिका–४ बस्ने ४० वर्षीय शिवमंगल साह र २३ वर्षीय प्रवेज आलमलाई स्रोत नखुलेको नेपाली १६ लाख ४९ हजार २ सय रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।


मधेश प्रदेश ०३३प९३०८ नम्बरको मोटरसाइकल चढेर भारतबाट साह र आलम स्रोत नखुलेको रकम लिएर नेपाल आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ परेका हुन् । उनीहरुसँग रकम कहाँ लैजान लागेको र रकमधनी को हो भन्नेबारे सोधपुछ भइरहेको एसपी हुमागाईंले बताए ।

केही समययता सीमाक्षेत्रमा स्रोत नखुलेको रकमको कारोबार बढेको पाइएको छ । उनीहरू नाका बदलेर भारतबाट स्रोत नखुलेको रकम लिएर ओहोरदोहोर गर्न थालेको सुरक्षाकर्मी बताउँछन् । ‘हामीले सम्भावित नाकाहरुमा कडा निगरानी गर्दै आएका छौं,’ एसपी हुमागाईंले भने, ‘स्रोत नखुलेको रकमको कारोबार गर्नेहरु कहिले मोटरसाइकलमा त कहिले साइकल र कहिले पैदल हिंडेर कारोबार गर्दै आएको पाइएको छ ।’

सशस्त्र र नेपाल प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा एक करोड बढी स्रोत नखुलेको रकम बरामद गरिसकेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेले सरकारले ल्याएको सहकारी अध्यादेशका केही प्रावधानमा असन्तुष्ट जनाएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका प्रावधानलाई प्रतिस्थापन विधेयक ल्याउँदा परिमार्जन गर्न सुझाव दिएको हो। सहकारी तथा गरिबी निवारण विभागका ...
। नेपाली कांग्रेसका महामन्त्री कांग्रेसको अधिवेशन १५औं महाधिवेशन २०८४ को चुनाव अगावै हुने बताएका छन् । शनिबार एक कार्यक्रमलाई पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले ०८४ को स्थानीय तह र आम चुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने बताए । संविधानमै एउटा अधिवेशन र अर्को अधिवेशनको समय पाँच वर्षको व्यवस्था गरिएकोले ०८४ को चुनावअघि नै महाधिवेशन गर्नै पर्ने उनले ...
प्रस्तुति : राजकरण महतो भूमि आयोगले के काम गर्दै छ ? भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासी व्यवस्थापनको विषय राज्यको प्रमुख मुद्दा हो। आयोगमार्फत समस्या समाधान गर्ने प्रयास हुँदै आएको छ। तर, हालसम्म समाधान हुन सकेको छैन। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यो समस्या समाधान गर्न कटिबद्ध भएर लागेको छ। कसरी ? समस्या समाधानका लागि ...
। खानेपानीमन्त्री प्रदीप यादवले ‘जनताको पानी सरकारको लगानी’ अवधारणा अन्तर्गत सामुदायिक खानेपानी प्रणालीमाथि लाग्दै आएको कर खारेज गरिने बताएका छन् । चन्द्रागिरि नगरपालिका–२, नागढुङ्गास्थित नागढुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको शनिबार आयोजित पाँचौं वार्षिक साधारणसभामा मन्त्री यादवले खानेपानी व्यवस्थापनका केही महत्वपूर्ण पक्षहरूमा आफ्नो प्रतिबद्धता रहेको बताए । सामुदायिक खानेपानी प्रणालीमाथि हाल लाग्दै आएको करले अनावश्यक आर्थिक भार ...
— गुल्मीको कालिगण्डकीमा ट्‍याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शनिबार कालिगण्डकी गाउँपालिका–२ बिसौनास्थित भित्री कच्ची सडक खण्डमा अर्बेनीबाट बिसौनातर्फ जाँदै गरेको लु३त ५११२ नम्बरको ट्‍याक्टर दुर्घटना हुँदा सहचालक स्थानीय ५५ वर्षीय देवबहादुर विकको मृत्यु भएको पूर्तिघाट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद बन्जाडेले जानकारी दिए । ट्याक्टर अनियन्त्रित भई सडकबाट ५०/६० मिटर तल खस्दा सहचालक ...