मुख्य समाचार
नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याए
नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याए

— नेपाली क्रिकेटलाई एउटा उचाइमा पुर्‍याएका प्रशिक्षक मोन्टी देसाईसँगको सम्झौता नेपालले टुंग्याएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार प्रेस विज्ञप्ती निकाल्दै भारतीय प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने जनाएको छ ।


यसअघि क्यानडा र अफगानिस्तानको परामर्श प्रशिक्षक तथा वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक रहिसकेका मोन्टी २०१३ को फेब्रुअरीमा दुई वर्षे सम्झौतासहित नेपाल आएका थिए, जतिखेर नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गुमाउने संघारमा रहेको थियो ।


उनै मोन्टीको प्रशिक्षणमा नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेलमात्र जितेन, एकदिवसीय मान्यता बचाउदैं सोझै विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि नेपालले एसीसी प्रिमियर कप जितेर पहिलो पटक एसिया कपमा छनोट भएको थियो । नेपालले एसिया कपमा पाकिस्तान र भारतविरुद्ध खेलेको थियो ।

मोन्टीकै प्रशिक्षणमा नेपाल १० वर्षपछि पुनः ट्वान्टी–२० विश्वकपमा पुग्न सफल भएको थियो । सोक्रममा घरेलु मैदानमा भएको एसिया क्षेत्रको विश्वकपमा छनोट हुँदैं नेपाल दशकपछि पुनः विश्वकपमा पुगेको थियो । मोन्टीको कार्यकालमा नेपालले विशेष गरि घरेलु मैदानमा उच्च प्रर्दशन गरेको थियो ।

तर पछिल्लो समय नेपालको प्रदर्शन सो अनुरुप रहेको छैन । नेपालका लागि प्रमुख प्रतियोगिता मानिएको विश्वकप लिग २ मा सहभागि ८ राष्ट्रमा नेपाल १२ खेलमा ६ अंकसहित सातौं स्थानमा छ । २ खेलमात्र जित्न सकेको नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनलाई संघर्ष गरिरहेको छ । ओमानमा भएको एसिया कप छनोटमा पनि डिफेन्डिङ च्याम्पियन नेपाल चौथो भएको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्समा आवद्ध रहिसकेका मोन्टीको योगदान प्रति क्यान आभारी छ । क्यानको विज्ञप्तीमा भनिएको छ, ‘नेपाल पुरुष राष्ट्रिय क्रिकेट टिमले गरेको उत्कृष्ट प्रदर्शन र टिमको सफलतासँग जोडिएका मोन्टी देशाईको योगदान प्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यबाद व्यक्त गर्न चाहान्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित