मुख्य समाचार
ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न मान्यता दिए
ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न मान्यता दिए

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्र पत्रकारसहित कन्टेन्ट क्रियटरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङका लागि मान्यता दिएको छ। ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि ह्वाइट हाउसमा रिपोर्टिङ गर्न मान्यता दिएको हो।


ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले प्रेस कार्डका निम्ति ७ हजार ४ सय जनाले आवेदन दिएको बताएकी छन्। आफ्नो पहिलो पत्रकार सम्मेलनमा उनले २४ घन्टाभित्र उक्त संख्यामा प्रेस पासका निम्ति आवेदन आएको बताइन्। ट्रम्प प्रशासनले आवेदन खुलाउँदै स्वतन्त्र पत्रकार, कन्टेन्ट क्रियटर र पोडकास्टरहरूलाई पनि प्रेस पास दिने घोषणा गरेको थियो।

ट्रम्प प्रशासनले ब्लगर, सामाजिक सञ्जाल इन्फ्लुएन्सर र पोड्कास्टकर्ताहरूलाई पनि 'नयाँ मिडिया'को रूपमा सिट बाँडफाँड गर्ने घोषणा गरेको थियो। अमेरिकाका युवा पुस्ता पछिल्लो समय परम्परागत टेलिभिजन र पत्रपत्रिहरूको सट्टा ब्लग र पोडकास्टहरूमार्फत सूचना प्राप्त गरिरहेको ट्रम्प प्रशासनको बुझाइ छ। राष्ट्रपति ट्रम्पको सन्देश ठूलो जनस्तरमा पुर्‍याउनका निम्ति न्यु मिडिया अर्थात् ब्लगर र इन्फ्लुएयन्सहरूलाई पनि समेटएको लेभिटको भनाइ छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्वको सबैभन्दा ठूलो ई–कमर्स प्लाटफर्म अमेजनले आफ्ना कम्पनीहरूबाट विश्वव्यापी रूपमा झन्डै १६ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । पछिल्लो तीन महिनामा कम्पनीले गरेको यो दोस्रो ठूलो जनशक्ति छाँटकाँट हो । कम्पनीले आफ्ना बाँकी भौतिक स्टोर, किराना र गो मार्केटहरू बन्द गर्ने जनाएको छ । ग्राहकको हत्केला स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्ने प्रविधि ‘अमेजन वान’ पनि ...
— सिंगापुर एयरलाइन्सले यात्रु चापलाई लक्षित गर्दै मार्च र अप्रिल २०२६ मा सिंगापुर–काठमाडौँ रुटमा वाइडबडी विमान सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार सातामा दुई उडान वाइडबडी विमानमार्फत सञ्चालन हुनेछ । आगामी मार्च र अप्रिलमा यात्रुको चाप बढ्ने भएकाले उडान क्षमता विस्तार गर्न वाइडबडी विमान प्रयोग गर्न लागिएको सिंगापुर एयरलाइन्स नेपालले जनाएको छ। उक्त विमान हालसम्म त्रिभुवन ...
: न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार क्रिस्टोफर लक्सनले इमेल गरिएको विज्ञप्तिमा भनेका छन्,'हामीले हालको रूपमा शान्ति बोर्डमा सामेल नहुने निर्णय गरेका छौं।' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि 'बोर्ड अफ पिस' नामक संस्था ...
: बेलायती नागरिकले ३० दिनभन्दा कम अवधिका लागि चीन यात्रा गर्दा भिसा लिन नपर्ने भएको छ। बेलायत र चीनबीच भएको नयाँ समझदारीअनुसार उक्त व्यवस्था छोटो अवधिका यात्राका लागि लागू हुनेछ। जसअन्तर्गत व्यापार तथा पर्यटन प्रयोजनका लागि चीन जाने बेलायती नागरिकले बिना भिसा यात्रा गर्न सक्नेछन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मरले चीन विश्वका प्रमुख आर्थिक शक्तिमध्ये एक भएकाले ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले 'अत्यधिक चिसो'का कारण एक हप्तासम्म युक्रेनको राजधानी कीभ र अन्य शहरहरूमा आक्रमण नगर्न सहमति जनाएको बताएका छन्। राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताको लागि कीभ र अन्य शहरहरूमा आक्रमण गर्नबाट रोक्न आग्रह गरेको बताए। उनका अनुसार पुटिन यसमा सहमत छन्। ट्रम्पले मन्त्रिपरिषद् बैठकमा उक्त कुरा बताएका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम