मुख्य समाचार
टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार
टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार

: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२०आई शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो। नेदरल्याण्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो। नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन्।

नेदरल्यान्डसका लागि आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले दुई–दुई तथा इभा लिन्च र इशावेल वनिङले एक–एक विकेट लिइन्।




यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि सर्वाधिक बबेट डिलेडले ४१ रन बनाइन्।

नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन्। जितसँगै नेदरल्यान्डसको ६ अकं भएको छ भने नेपाल अंकविहीन छ। अर्का टोली थाइल्यान्डको दुई अंक छ। सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। नेपालले अर्को खेल मंगलबार थाइल्याण्डसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले क्यानडा क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । आइसीसीले सोमबार भारतको अहमदाबादमा बसेको बैठकले उक्त निर्णय लिएको हो । क्यानडा क्रिकेट बोर्डले राष्ट्रिय बोर्डको सदस्यको दायित्व उल्लंघन गरेको भन्दै आइसीसीले बोर्डलाई निलम्बन गरेको हो । ग्लोबल कभर्निङ काउन्सिल अफ एन्टी करेप्सन युनिटले क्यानडा क्रिकेट बोर्डमाथि गरेको भ्रष्टाचारविरुद्धको जाँच पश्चात आइसीसीले क्यानडालाई ...
: नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा मलेसियाले चीनलाई हराएपछि नेपाल समूह ‘ए’ बाट शीर्ष २ हुँदै सेमिफाइनल पुग्दै एसियन गेम्समा छनोट भएको हो । समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा मलेसियाले चीनलाई ९ विकेटले पराजित गरेको हो । समूह ‘ए’ मा ३ टोली मात्रै हुँदा चीनले ...
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...