मुख्य समाचार
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी ल्याइएका दुईवटा विधेयक संसदमा दर्ता
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी ल्याइएका दुईवटा विधेयक संसदमा दर्ता

: हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्रयाउने गरी ल्याइएका दुईवटा विधेयक संसदमा दर्ता भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक २०८१ संसद सचिवालयमा दर्ता गराएका हुन्।


मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास तथा विस्तार गर्न,प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित,नियमित,स्तरीय र भरपर्दो बनाउन विधेयक पेश गरेको बताएका छन्।

यसैगरी मन्त्री पाण्डले नेपालमा आधुनिक,सुविधायुक्त र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको विमानस्थल पूर्वाधार तथा सुरक्षित र भरपर्दो एयर नेभिगेसन प्रणालीको विकास गरी हवाई सेवालाई स्तरीय र प्रभावकारी बनाउन नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्ने सम्बन्धमा कानुनी व्यवस्था आवश्यक भएकाले यो विधेयक पेश गरेको बताएका छन्।


मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवा प्रदायक र नियामकीय निकायको काम गर्दै आएकोले यसलाई टुक्याउन विधेयक ल्याउनुको मुख्य उद्देश्य रहेको स्पष्ट पारेका छन्।

यसअघि पनि संसदमा दर्ता भएका यी दुवै विधेयक सरकारले फिर्ता ल्याएको थियो। दर्ता भएका दुवै विधेयक पारित भए प्राधिकरण टुक्राउने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा ...
डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो। केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा ...
— संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको बताएका हुन्। लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको उनको भनाई छ। मन्त्री पौडेलले पोलिसी ...
— अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा खड्काले न्यायालयप्रति जनआस्था अभिवृद्धि मुख्य व्यक्ति न्यायाधीश नै भएको बताएका हुन् । संसदीय सुनुवाइ समितिमा खड्काले न्याय सम्पादन जनसरोकारको विषय भएको बताए । उनले भने, 'न्याय सम्पादनको ...