मुख्य समाचार
मानव कंकालसहित पक्राउ
मानव कंकालसहित पक्राउ

: विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय आइतबार बिहान मानव कंकालसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उनलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट बिहान ७:४० बजेतिर पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा रायलाई फेला पारेको थियो।


गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले रिक्सामा चढेर आउँदै गरेका रायको साथबाट मानव कंकाल फेला परेको जानकारी दिए। उनी चढेको रिक्सालाई सशस्त्रले रोकेर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको डीएसपी राउतले बताए।
उनीसँगै रिक्सामा रहेकी १ जना महिला सशस्त्रले चेकजाँच गर्न थालेपछि ओर्लिएर फरार भएकी छन्। ती महिलाको खोजी तीव्र पारिएको र हालसम्म पहिचान हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ।




रायले मानव कंकाल कहाँबाट र किन ल्याएका हुन् भनेर यकिन भइसकेको छैन। अनुसन्धानबाट थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनगरबाटै पक्राउ परेका थिए। सशस्त्रले यसअघि २०७८ असोज र चैतमा पनि मानव कंकाल बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा ...
डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो। केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा ...
— संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको बताएका हुन्। लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको उनको भनाई छ। मन्त्री पौडेलले पोलिसी ...
— अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा खड्काले न्यायालयप्रति जनआस्था अभिवृद्धि मुख्य व्यक्ति न्यायाधीश नै भएको बताएका हुन् । संसदीय सुनुवाइ समितिमा खड्काले न्याय सम्पादन जनसरोकारको विषय भएको बताए । उनले भने, 'न्याय सम्पादनको ...