मुख्य समाचार
न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य व्यक्ति न्यायाधीश नै हुन् : खड्का
न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य व्यक्ति न्यायाधीश नै हुन् : खड्का

— अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् ।


संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा खड्काले न्यायालयप्रति जनआस्था अभिवृद्धि मुख्य व्यक्ति न्यायाधीश नै भएको बताएका हुन् ।


संसदीय सुनुवाइ समितिमा खड्काले न्याय सम्पादन जनसरोकारको विषय भएको बताए । उनले भने, 'न्याय सम्पादनको कार्य आम जनसरोकारको विषय रहेकाले अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य व्यक्ति न्यायाधीश नै हुनुपर्दछ भन्ने मेरो विश्वास छ ।'

न्यायालयप्रति जनआस्था अभिवृद्धि गर्नका लागि न्यायाधीश नै प्रमुख व्यक्ति हुने भएकाले त्यो पदमा नियुक्त हुने व्यक्तिलाई पारदर्शी ढंगबाट ल्याउनुपर्ने खड्काले बताए । 'न्यायाधीश नियुक्तिको लागि सिफारिस गर्दा न्यायपरिषद् ऐन, २०७३ को दफा ५ मा स्थापित सिफारिसका आधारलाई थप वस्तुपरक तथा पारदर्शी बनाउने तर्फ मेरो प्रयास रहनेछ,' उनको भनाइ थियो ।

न्यायपरिषद्का सदस्यको पदीय हैसियतमा स्थापित मूल्य र मान्यतालाई शिरोधार्य गर्दै न्याय प्रशासनको अन्तिम जिम्मेवारी प्राप्त व्यक्ति प्रधानन्यायाधीश एवम् न्याय परिषदका अध्यक्षलाई सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । 'न्यायपालिकाको छबी अभिवृद्धि गर्ने सन्दर्भमा न्यायालयको सुधार र गरिमा कायम राख्न पूर्ण प्रतिबद्ध छु,' उनले भनेका छन्, 'उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको सरुवा वा काज सिफारिस गर्ने होस् वा निजका काम कारवाहीको न्यायिक अनुगमन तथा निगरानी गर्ने कार्य होस् वा निजलाई अनुशासनात्मक कारबाही गर्ने सन्दर्भ नै किन नहोस् वा निज उपरको उजुरीको अध्ययन गरी छानबिन गर्ने, आवश्यकता अनुसार भ्रष्टाचारमा मुद्दा चलाउने जस्ता विषयमा न्यायपरिषदको कार्यलाई थप संस्थागत र पारदर्शी बनाउन योगदान दिनेछु ।'

न्यायपरिषद् सदस्यका रूपमा संवैधानिक सर्वोच्चताको अधिनमा रही विधिको शासन कायम गर्ने उद्देश्यले आफ्ना कामकारबाही गर्ने उल्लेख गर्दै खड्काले भनेका छन्, 'मानव अधिकार र लोकतान्त्रिक मूल्यका लागि निरन्तर पैरवी गर्नु मेरो पेसा, पहिचान, आस्था हो । समग्र न्यायपालिकाको प्रत्यक्ष तथा अप्रत्यक्ष सरोकारवाला विशेषगरी बेञ्च र बारबीच सहकार्य, समन्वय र सहअस्तित्वको मर्मलाई व्यवहारमा उतारी विश्वासिलो र आस्थावान न्यायपालिकाको लागि व्यक्तिगत एवम् संस्थागत रूपले सकारात्मक योगदान गर्नेछु ।'

खड्काले आफ्नो कार्ययोजनामा लेखेका छन्, 'मुलुकको लोकतन्त्र र मानव अधिकारको संरक्षणका लागि स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका स्मरण गर्दै न्यायपालिका तथा नेपाल बार एसोसिएसनले खेलेको गौरवपूर्ण भूमिकाको न्याय परिषदको संस्थागत हितमा काम गर्न प्रतिबद्ध रहेको व्यहोरा यस गरिमामय समितिसमक्ष हार्दिक अनुरोध गर्दछु ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा ...
डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो। केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा ...
— संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । ...
: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको बताएका हुन्। लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको उनको भनाई छ। मन्त्री पौडेलले पोलिसी ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नवलपरासीको पाल्हिनन्द गाउँपालिका-स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर भएको हो। अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनु ...