मुख्य समाचार
सरकारले पोलिसी रिफर्ममा जोड दिएको छ : अर्थमन्त्री
सरकारले पोलिसी रिफर्ममा जोड दिएको छ : अर्थमन्त्री

: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको बताएका हुन्।


लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको उनको भनाई छ। मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे। अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनको दाबी छ। उनले निजी क्षेत्र उठाउँदै आएका मागहरुलाई सम्बोधन गर्ने गरि ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे।

उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे। त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वर्गद्वारी गुठीका मोही किसान फेरि आन्दोलित भएका छन् । सरकारले आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिले आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । २०८० चैत ७ गते भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिबीच सहमति भएको थियो। जसअनुसार स्वर्गद्वारी आश्रमको जग्गामा ...
डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो। केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा ...
— संसदीय सुनुवाइ समितिबाट न्यायपरिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम सर्वसम्मतिले अनुमोदन भएको छ । समितिको आइतबारको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काको अनुभव तथा कार्ययोजना सुनेपछि सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय लिएको हो । समिति सभापति ईश्वरीदेवी न्यौपानेका अनुसार न्यायपरिषद्को पुस २९ को पत्रअनुसार सिफारिस भइआएका खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको हो । ...
— अदालतप्रति जनआस्था अभिवृद्धि गर्ने मुख्य जिम्मेवारी न्यायाधीशहरूको रहेको न्यायपरिषद्को सदस्यमा प्रस्तावित दामोदर खड्काले बताएका छन् । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा खड्काले न्यायालयप्रति जनआस्था अभिवृद्धि मुख्य व्यक्ति न्यायाधीश नै भएको बताएका हुन् । संसदीय सुनुवाइ समितिमा खड्काले न्याय सम्पादन जनसरोकारको विषय भएको बताए । उनले भने, 'न्याय सम्पादनको ...
: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भवन निर्माणका क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा प्रधानाध्यापकसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नवलपरासीको पाल्हिनन्द गाउँपालिका-स्थित राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम राज कण्डेल,विद्यालय सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसमेत गरी तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर भएको हो। अख्तिायरका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनु ...