मुख्य समाचार
किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा
किताब खानाका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

डौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय किताबखाना छाउनीका शाखा अधिकृत धनेश्वर प्रसाईसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।


आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शाखा अधिकृत प्रसाईसहित तीनजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

केही समयअघि सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो।




अनुसन्धानका सिलसिलामा राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीका शाखा अधिकृत प्रसाई,कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेसमेतको मिलेमतोमा सेवाग्राहीको नियमानुसार पेन्सन पट्टा बनाइ दिनका लागि विभिन्न बहान बनाइ तीन लाख घुस लिएको खुल्न आएको आयोगले जनाएको छ।

उनीहरूविरुद्ध सोही रकम बराबरको बिगो,कैद सजाय माग गरिएको आरोप -पत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरूले कांग्रेस पार्टी कार्यालयमा धर्ना दिएका हुन्। सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ। यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित ...
। गत शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे । ती व्यक्तिले नदीको बीच भागमा पानीमा डुबेको अवस्थामा एउटा ठूलो पोको देखे । बागमतीको जल लिने क्रममा ती व्यक्तिले बोरा र तन्नाले बेरिएको उक्त पोको नजिकैबाट नियाल्दा मान्छेको हात देखियो । ठूलो पोको समेत ...
: वीरगन्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार मिटरब्याजी पीडित एक पुरुषले आत्मदाह गर्ने प्रयास गरेका छन्। बाराको पचरौता नगरपालिका-४ स्थायी घर भई हाल वीरगन्ज-२४ रामगढवामा बस्दै आएका ६० वर्षीय बृजकिशोर प्रसाद साहले कार्यालय परिसरमै आत्मदाहको प्रयास गरेका हुन्। सोमबार दिउँसो साढे १२ बजे साहले किरा मार्ने विषादी सेवन गर्दै शरीरमा पेट्रोल छर्केर आगो लगाउने कोसिस गरेका ...
। नेकपा माओवादी केन्द्रले गणतन्त्रको विरोधमा हुने गतिविधिको सशक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ०३७, ०४६, ०६२/०६३ र ०७७/०७८ साल सम्झिन सुझाएको छ । प्राप्त गरेको अधिकार खोस्नेगरी हुने गतिविधिमा जनताको साथ नहुने इतिहास साक्षी रहेको भन्दै माओवादीले निकट विगतको संसद् विघटन गरेपछिको ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा जुलुस निकाल्नुपर्दा विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा नरहेको बताएका छन्। राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोग भएकोप्रति प्रधानमन्त्री ओलीले जुलुस निकाल्न विदेशीको फोटो प्रयोग गर्नुपर्ने अवस्थामा देश नरहेको बताएका हुन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रयोगको आलोचना भएपछि केपी ओलीले जुलुसमा मान्छे घुसाएको भन्ने ...