मुख्य समाचार
इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने
इजरायली प्रधानमन्त्री नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने

। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणको वार्ताका सम्बन्धमा सोमबार अमेरिकी अधिकारीहरूसँग छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्री नेतन्याहूले आइतबार अमेरिकी राष्ट्रपतिका मध्यपूर्वदूत स्टिभ विटकोफसँग कुराकानी गरेको र अमेरिकी अधिकारीहरूसँग ‘वासिङ्टनमा हुने भेटवार्तामा थप छलफल गर्ने’ सहमति जनाएका छन् ।




हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।

विटकोफले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग दोस्रो चरणको वार्ता अघि बढाउनका लागि छलफल गर्नुअघि प्रमुख मध्यस्थकर्ता कतार र इजिप्टसँग कुरा गर्ने बताइएको छ ।




दोस्रो चरणमा बाँकी रहेका बन्दीको रिहाई र युद्धको स्थायी अन्त्यका बारेमा थप छलफल हुने अपेक्षा गरिएको छ । यसको नेतन्याहू सरकारका धेरै सदस्यहरूले विरोध गरेका छन् ।

हमास र इजरायलका मध्यस्थकर्ता र प्रतिनिधिमण्डलबीच भएको ४२ दिने पहिलो चरण अर्को महिना समाप्त हुनेछ भने दोस्रो चरणको औपचारिक वार्ताको मिति तय गरिएको छैन ।
इजरायलबाट १५ महिनाभन्दा बढी समयदेखि बन्धक बनाइएका ३३ व्यक्तिको रिहाइका बदलामा इजरायलमा बन्दी रहेका करिब एक हजार ९०० प्यालेष्टिनीको रिहाइको लागि जनवरी १९ मा इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमास र उसको सहयोगी इस्लामिक जिहादले अहिलेसम्म १८ जना बन्धकलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पेका छन् ।

हमास स्रोतका अनुसार आगामी शनिबार बन्धकको पाँचौं समूह र प्यालेष्टिनी कैदीबीच आदानप्रदान हुनेछ ।

युद्धविरामको ६ हप्ताको पहिलो चरण ३३ बन्धक र एक हजार ९०० प्यालेष्टिनीको आदानप्रदान कसरी हुन्छ भन्ने कुराले दोस्रो चरणको सम्झौताको वातावरण बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र साउदी अरेबियाबीच साउदीलाई नागरिक (सिभिल) आणविक कार्यक्रम विकास गर्न अनुमति दिने गरी एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ। अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार यस सम्झौतालाई 'शान्तिपूर्ण आणविक सहकार्य सम्झौता'का रूपमा व्याख्या गरिएको छ, जसले साउदीको आणविक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूका लागि ठूलो व्यापारिक अवसर सिर्जना गर्नेछ। सम्झौताको पूर्ण विवरण औपचारिक रूपमा सार्वजनिक नगरिए तापनि, भविष्यमा ...
: हुथी विद्रोहीहरूले साउदी अरबका बन्दरगाह प्रयोग गर्ने तेल ट्यांकरहरू आक्रमणलाई चेतावनी दिएका छन् । अघिल्लो दिन घोषणा गरिएको नाकाबन्दी कार्यान्वयन गर्न हुथीहरूले तीव्र कदम चालेका छन् । लाल सागरमा आएको यो हुथी चेतावनी र अरब प्रायद्वीपको अर्को छेउमा रहेको खाडी क्षेत्रमा इरानले दिएको समुद्री यातायात अवरोध गर्ने धम्कीले लामो समयदेखि जारी द्वन्द्वलाई अझ गम्भीर बनाउने ...
: खाडी क्षेत्रमा रहेका अमेरिकी गुप्तचर संस्था (सीआईए) का गुप्त ठेगानाहरूमा इरानले गरेको ड्रोन आक्रमणमा रुसी संलग्नता हुन सक्ने आशंका गर्दै अमेरिकी गुप्तचर निकायहरूले अनुसन्धान सुरु गरेका छन्। अमेरिकी गुप्तचर निकायबारे जानकार अधिकारीहरूका अनुसार, रुसले इरानलाई निशाना सम्बन्धी गोप्य जानकारी वा उन्नत ड्रोन प्रविधि उपलब्ध गराएर सहयोग गरेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको छ। राष्ट्रिय सुरक्षाका ...
: अफगानिस्तानमा आएको विनाशकारी बाढीपछि उद्धारकर्मीहरूले जीवितहरूको खोजी जारी राखेका छन् । यसैबीच, फेरि आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ । सोमबार पहाडबाट एक्कासी आएको बाढीले पूर्वी नुरिस्तान प्रान्तमा कम्तीमा २३ जनाको ज्यान लिएको थियो । मंगलबार उद्धार टोलीहरूले घरहरूको भग्नावशेषमा फसेकाहरूको खोजी जारी राखे । यस वर्षको मनसुनले दक्षिण एसियाभर व्यापक क्षति पुर्‍याइरहेको छ, ...
: अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो। अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम