मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो

। मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । तृशा गोंगदीले अविजित ४४ तथा सनिका चल्केले २६ रन बनाइन् । दक्षिण अफ्रिकाकी केला रेनेकेले १ विकेट लिइन् ।




त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमा अलआउट भएको थियो । मिकी भान वूर्स्टले सर्वाधिक २३ रन बनाइन् । भारतकी तृशा गोंगदीले ३ विकेट लिइन् । त्यस्तै वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले २-२ विकेट तथा शबनमले १ विकेट लिइन् ।

यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो ।




नेपाल पनि पहिलोपटक यस विश्‍वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
नेपाली राष्ट्रिय टी२० टोलीका कप्तान तथा अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आम्सरडम फ्लेम्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् । फ्लेम्सले बुधबार इन्स्टाग्रामार्फत ऐरीलाई अनुबन्ध गरेको घोषणा गरेको छ । फ्लेम्सले अस्ट्रेलियाका मिचेल मार्श कप्तान रहेको यस टिमले अस्ट्रेलियाकै स्टिम स्मिथ र टिम डेविडलाई पनि अनुबन्ध गरेको छ । बिहीबारै रोटरडम डर्कसले नेपाली लेग स्पीनर सन्दीप लामिछानेलाई अनुबन्ध ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। एटलान्टा स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डिआर कंगोलाई २–१ ले हराएको हो ‌ सौखेलको पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध डिआर कंगोले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा इङ्ल्यान्डले २ गोल गर्दै खेलमा जित दर्ता ...
: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो। पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले ...
: फिफा विश्वकप २०२६ को नकआउट चरणमा बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अमेरिका राउन्ड अफ १६ मा प्रवेश गरेको छ। सानफ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा सहआयोजक अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनालाई २-० ले हराएको हो। खेलको ४५ औं मिनेटमा अमेरिकाले गोल गर्‍यो। अमेरिकाको लागि फोलारिन बालोगुनले गोल गरे। दुई डिफेन्डर र गोलकिपरलाई बिट गर्दै उनले ...
। अस्ट्रेलिया आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो । वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । बेथ मुनीले अविजित ६१ रन बनाइन् भने एस्ले गार्डनर ३५ रनमा अविजित रहिन् । त्यसअघि टस ...