मुख्य समाचार
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो
आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जित्यो

। मलेसियामा सम्पन्न आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको उपाधि भारतले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले लगातार दोस्रोपटक उपाधि जितेको हो ।

आइतबार सम्पन्न फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले हरायो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । तृशा गोंगदीले अविजित ४४ तथा सनिका चल्केले २६ रन बनाइन् । दक्षिण अफ्रिकाकी केला रेनेकेले १ विकेट लिइन् ।




त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमा अलआउट भएको थियो । मिकी भान वूर्स्टले सर्वाधिक २३ रन बनाइन् । भारतकी तृशा गोंगदीले ३ विकेट लिइन् । त्यस्तै वैष्णवी शर्मा, परुनिका सिसोडिया र आयुषी शुक्लाले २-२ विकेट तथा शबनमले १ विकेट लिइन् ।

यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणमा इंग्ल्याण्डलाई फाइनलमा हराउँदै भारत विजयी भएको थियो । यसपटक भारतले इंग्ल्याण्डलाई सेमिफाइनलमै हराउँदै लगातार फाइनलमा पुगेर उपाधि जितेको हो ।




नेपाल पनि पहिलोपटक यस विश्‍वकपमा सहभागी भएको थियो । नेपाल समूह चरणका सबै खेलहरूमा पराजित हुँदै अगाडि बढ्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...