मुख्य समाचार
‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ
‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ

। ‘ब्ल्याकपिंक’की रोज र ब्रुनो मार्सको गीत ‘एपीटी’ युट्युवमा सबैभन्दा छिटो १ अर्बपटक हेरिने के-पप गीत बनेको छ । ३ महिनाअघि रिलिज भएको यो गीतले साईको के–पप गीत ‘गङ्नम स्टाइल’को रेकर्डलाई तोडेको छ ।

जनवरी ३१ मा यो गीतले औपचारिकरुपमा १ अर्बको आँकडा पार गरेको हो । १८ अक्टोबर, २०२४ मा रिलिज भएको यो गीत रिलिज भएदेखि विश्वब्यापी ट्रेन्डिङमा छ । युट्युव, स्पोटीफाईदेखि बिलबोर्ड सूचीमा समेत गीत शीर्षस्थानमा छ ।




१०५ दिनमै ‘एपीटी’ले यो कीर्तिमान रचेको हो । यसअघि सन् २०१२ मा रिलिज भएको साईको ‘गङनम स्टाइल’ले युट्युवमा सबैभन्दा छिटो हेरिने गीतको रेकर्ड राखेको थियो । तर, यो गीतलाई उक्त भ्यूज पाउन १५८ दिन लाग्यो ।

योसँगै ‘एपीटी’ युट्युवमा अर्ब भ्यूज पाउने पाँचौ गीत बनेको छ । यसअघि एडेलको ‘हेलो’, लुइस फोन्सीको ‘डेस्पासिटो’, एड सिरनको ‘सेप अफ यू’ र जे बाल्विन र विली विलियमको ‘मी गेन्टे’लाई अर्बभन्दा धेरै पटक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...