मुख्य समाचार
कांग्रेस, एमाले र माओवादीले देश विकास गर्छन् भनेर पर्खने छुट छैन : लिङ्देन
कांग्रेस, एमाले र माओवादीले देश विकास गर्छन् भनेर पर्खने छुट छैन : लिङ्देन

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खने छुट अब नभएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यि तीनवटै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ।




‘अब पनि त्यही एमाले, त्यही माओवादी, त्यही कांग्रेस र तीनै अनुहारहरूबाट देश बन्छ भनेर पर्खनुभएको देश बर्बाद पार्ने काममा सहभागी हुनु हो,’ लिङ्देनले भने, ‘त्यसकारण देश बर्बाद पार्ने काममा सहभागी नहुन र देश बनाउने र देश बचाउने अभियानमा सहभागि हुन म आम देशवासीलाई हार्दिक अपिल गर्न चाहन्छु ।’

राप्रपा एउटा पार्टी मात्र नभई देश र धर्म बचाउने अभियान भएको उल्लेख गर्दै देश बनाउने र देश बचाउने अभियानमा सहभागि हुन सबैमा अपिल समेत गरे । आफूले राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको बताउँदै जुनसुकै मन्दिर जान तयार रहेको उनले दोहोर्‍याए ।


‘नेपाल अब योभन्दा बढी बर्बाद हुने ठाउँ छैन । साढे तीन दशकको समयमा प्रजातन्त्र, लोकतन्त्र, गणतनत्र जे नाम दिएपनि त्यही मानिस र त्यही पार्टीहरूको त्यही एमाले, त्यही कांग्रेस, त्यही माओवादी र तीनै नेताको वरिपरि सत्ता घुमिरहेको छ,’ उनले भने, ‘तर यो साढे तीन दशकमा देशको अवस्था के भयो ? मैले भनिराख्नु पर्दैन । हामी कहाँ जाने भनेर उनीहरूसँग हिँडेका थियौं र अहिले हामी कहाँ पुग्यौं । हाम्रो आँखा अगाडि छर्लङ्ग छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । खड्का बरिष्ठ अधिवक्ता हुन् । खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । नेपाल बार ...
। वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ...
। अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक ...
। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्। शुक्रबार कीर्तिपुरमा भएको दोश्रो राष्ट्रिय सम्मेलनले रम्तेल निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलामा ओमनारायण महतो र भरत ढकाल निर्वाचित भएका छन् । उपाध्यक्ष खसआर्यमा विशाल तिमिल्सिना र पिछडिएको क्षेत्रबाट सुभाष न्यौपाने, दलितबाट सन्तोष नेपाली, मुस्लिम महिलबाट ...
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कार्यान्वयन गर्न संघ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । आइतबार मन्त्रालयस्तीय विकास समस्या समाधान समितिको बैठकले तीन तहको सरकारको साझेदारी कोष बनाउन सैद्धान्तिक सहमति दिएको छ । ‘बैठकले सैद्धान्तिक सहमति दिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न कोष ...