मुख्य समाचार
शिक्षा मन्त्रालयले संघ–प्रदेश–स्थानीय साझेदारी कोष बनाउने
शिक्षा मन्त्रालयले संघ–प्रदेश–स्थानीय साझेदारी कोष बनाउने

। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कार्यान्वयन गर्न संघ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्न प्रक्रिया अघि बढाएको छ ।

आइतबार मन्त्रालयस्तीय विकास समस्या समाधान समितिको बैठकले तीन तहको सरकारको साझेदारी कोष बनाउन सैद्धान्तिक सहमति दिएको छ । ‘बैठकले सैद्धान्तिक सहमति दिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न कोष स्थापना गर्न खोजिएको हो,’ शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।




प्रवक्ता सापकोटाका अनुसार मन्त्रालयले अब यो प्रस्ताव राष्ट्रिय विकास समस्या समाधान समितिमा लैजाने छ । ‘प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने समस्या समाधान समितिको बैठकले निर्णय गरेपछि मन्त्रिपरिषद्मा लैजान्छौं,’ प्रवक्ता सापकोटाले भने ।

तीन तहको सरकारले शिक्षाका लागि बजेट छुट्याउने गरी कोष बनाउन खोजिएको हो । कोष स्थापना भएपछि १ वैशाख २०८५ सम्ममा सबै बालबालिकाले आधारभूत तहको शिक्षा पूरा गर्ने कानूनी लक्ष्य हासिल गरेका पालिका एवं प्रदेशलाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा क्षेत्र घोषणा अभियान सञ्चालन गर्ने योजना शिक्षा मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । खड्का बरिष्ठ अधिवक्ता हुन् । खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । नेपाल बार ...
। वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ...
। अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक ...
। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्। शुक्रबार कीर्तिपुरमा भएको दोश्रो राष्ट्रिय सम्मेलनले रम्तेल निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलामा ओमनारायण महतो र भरत ढकाल निर्वाचित भएका छन् । उपाध्यक्ष खसआर्यमा विशाल तिमिल्सिना र पिछडिएको क्षेत्रबाट सुभाष न्यौपाने, दलितबाट सन्तोष नेपाली, मुस्लिम महिलबाट ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खने छुट अब नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यि तीनवटै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ...