मुख्य समाचार
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित

। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्।

शुक्रबार कीर्तिपुरमा भएको दोश्रो राष्ट्रिय सम्मेलनले रम्तेल निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलामा ओमनारायण महतो र भरत ढकाल निर्वाचित भएका छन् ।




उपाध्यक्ष खसआर्यमा विशाल तिमिल्सिना र पिछडिएको क्षेत्रबाट सुभाष न्यौपाने, दलितबाट सन्तोष नेपाली, मुस्लिम महिलबाट नागमा मिकरानी र आदिवासी जनतजाती महिलाबाट मिना राई निर्वाचित भएका छन् ।

महासचिवमा खुलाबाट अनिल कुमार पटेल र महिला अनिवार्यमा आस्था नेपाली निर्वाचित भएका छन् । उपमहासचिव सुनिल धिताल र पशुपति ठाकुर निर्वाचित भएका छन् ।




सचिवमा टेकराज कडेल, सुजन गर्तौला र रमेश देवकोटा निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुरेन्द्र यादव निर्वाचित भएका छन् ।

दोस्रो राष्ट्रिय सम्मेलनले नेपाल समाजवादी विद्यार्थी युनियनको नाम परिवर्तन गरेर नयाँ शक्ति विद्यार्थी युनियन बनाउने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष रम्तेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । खड्का बरिष्ठ अधिवक्ता हुन् । खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । नेपाल बार ...
। वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ...
। अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक ...
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कार्यान्वयन गर्न संघ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । आइतबार मन्त्रालयस्तीय विकास समस्या समाधान समितिको बैठकले तीन तहको सरकारको साझेदारी कोष बनाउन सैद्धान्तिक सहमति दिएको छ । ‘बैठकले सैद्धान्तिक सहमति दिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न कोष ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खने छुट अब नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यि तीनवटै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ...