मुख्य समाचार
अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ
अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ

। अनलाइन जुवा खेलाउने गिरोहका २४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । यो गिरोहले ३ अर्ब ४ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरले संयुक्त रूपमा २४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा १० भारतीय र १४ नेपाली नागरिक छन् ।




बेटिङ एप्लिकेशनमार्फत यो समूहले अनलाइन गेम भन्दै अनलाइन जुवा खेलाएको आरोप छ । भारतीय र नेपाली एजेन्ट भएर विभिन्न व्यक्तिहरूलाई ह्वाट्स एपमा सम्पर्क गरी खाता खोल्न लगाई अनलाइन जुवा खेलाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

यो समूहले अनलाइन/अफलाइन गेम खेलाई बेटिङ रकम भारतको विभिन्न बैंक खाताबाट नै डिपोजिट गर्ने र निकाल्ने गरेको पाइएको छ । ललितपुरको सानेपास्थित दुईवटा घर भाडामा लिएर उनीहरूले अनलाइन जुवा खेलाउँदै आएका थिए ।




उनीहरूविरुद्ध प्रहरीले मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन अनुसार कारबाही अघि बढाएको छ ।

पक्राउ पर्नेहरूमा भारतीय नागरिकहरू २२ वर्षीय अजित कुमार, २४ वर्षीय मुकेश मण्डल, ४४ वर्षीय मनोजकुमार बजाज, २८ वर्षीय सुिमत खत्री, ३४ वर्षीय प्रबातकुमार साह, ३२ वर्षीय ओमप्रकाश खत्री, २८ वर्षीय रविप्रकाश विश्वकर्मा, २३ वर्षीय रवि अभिषेक ओझा र २२ वर्षीय शिवम् पाण्डे छन् ।

त्यसैगरी, नेपाली नागरिकहरूमा ३६ वर्षीय टंकबहादुर पछाईं, २५ वर्षीय तेज बोगटी, २३ वर्षीय लक्ष्मण बिष्ट, २५ वर्षीय अविला जिसी, ३४ वर्षीय हरिबहादुर जिसी, २२ वर्षीय समीर खड्का, २४ वर्षीय विक्रम पछाईं, २८ वर्षीय अशोक जिसी, ३४ वर्षीय गोपाल बिष्ट, १९ वर्षीय रवि बिष्ट र २० वर्षीय सुजन जिसी छन् । उनीहरू सबै प्युठान जिल्लाका हुन् ।

त्यस्तै, सुर्खेतका २४ वर्षीय भीष्म वली, सुर्खेतकै ३२ वर्षीय हेमन्त लोहनी गौतम र दार्चुलाका २० वर्षीय हेमन्त धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। न्याय परिषद्को सदस्यमा सिफारिस भएका दामोदर खड्काको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । आइतबार बसेको समितिको बैठकले न्यायपरिषद्को सदस्यमा सिफारिस खड्काले पेस गरेको अनुभव तथा कार्ययोजना सुनेपछि अनुमोदन गर्ने निर्णय गरेको हो । खड्का बरिष्ठ अधिवक्ता हुन् । खड्कालाई न्याय परिषद्को सदस्यमा सर्वसम्मतिले अनुमोदन गर्ने निर्णय भएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताएकी छिन् । नेपाल बार ...
। वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ ...
। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको अध्यक्षमा बलबहादुर रम्तेल निर्वाचित भएका छन्। शुक्रबार कीर्तिपुरमा भएको दोश्रो राष्ट्रिय सम्मेलनले रम्तेल निर्वाचित भएका हुन् । उपाध्यक्ष खुलामा ओमनारायण महतो र भरत ढकाल निर्वाचित भएका छन् । उपाध्यक्ष खसआर्यमा विशाल तिमिल्सिना र पिछडिएको क्षेत्रबाट सुभाष न्यौपाने, दलितबाट सन्तोष नेपाली, मुस्लिम महिलबाट ...
। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन कार्यान्वयन गर्न संघ–प्रदेश–स्थानीय साझेदारी कोष स्थापना गर्न प्रक्रिया अघि बढाएको छ । आइतबार मन्त्रालयस्तीय विकास समस्या समाधान समितिको बैठकले तीन तहको सरकारको साझेदारी कोष बनाउन सैद्धान्तिक सहमति दिएको छ । ‘बैठकले सैद्धान्तिक सहमति दिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन गर्न कोष ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बाट देश बन्छ भनेर पर्खने छुट अब नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यि तीनवटै पार्टी र नेतृत्वमा रहेकाहरूबाट मुलुकको विकास हुन्छ भनेर पर्खिनु देश बर्बाद पार्ने काममा सहभागी हुनु भएको टिप्पणी गरे ...