मुख्य समाचार
बेलायतले दुई जना नेपालीलाई निष्कासन
बेलायतले दुई जना नेपालीलाई निष्कासन

: बेलायतले दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन विपरीत प्रवेश गर्ने उनीहरूलाई बेलायतले निष्कासन गरेको हो।


निष्कासनमा पर्नेमा कृति बस्नेत र अशोक बाबु श्रेष्ठ रहेका छन्। गत साता कृतिलाई कतार एयरलायन्सको विमानबाट काठमाडौं पठाइएको हो भने अशोक बाबुलाई फ्लाई दुबईको विमानबाट काठमाडौं फर्काइएको हो।
अध्यागमन स्रोतका अनुसार कृतिले गैरकानुनी तरिकाले बेलायत प्रवेश गरेका थिए। प्रहरीले नियन्त्रणमा लिएपछि कृतिलाई निष्कासन गरेको स्रोतको भनाइ छ। अशोक बाबलाई भने बेलायत प्रवेश अनुमति नै नदिइ फिर्ता पठाएको हो। बेलायत प्रवेशका लागि कागजातहरू शंकास्पद देखिएपछि अध्यागमन प्रहरीले अशोक बाबुलाई फिर्ता पठाइएको स्रोतको भनाइ छ।

आकर्षक तलब र दलालको प्रलोभनमा परेर नेपालीहरू विदेश अहिले पनि विदेश जाने गर्छन्। तर, सम्बन्धित देशको अध्यागमन कानुन विपरीत त्यहाँ पुगेपछि उनीहरू फिर्ता आउन बाध्यन हुन्छन्। पछिल्लो समय युरोप, अमेरिकासहित दक्षिण कोरिया, जापान, मलेसिया, दुबई, कतारबाट पनि नेपालीहरू निष्कासनमा पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कम्बोडियामा बिनभिसा बसिरहेका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडिया सरकार, गैरआवसीय नेपाली संघसँगको सहजीकरणमा आज ७ जनलाई नेपाल फर्काइएको हो । उद्धार गरिएकाहरूलाई त्यहाँ अवैध रुपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको पाइएको दूतावासले जनाएको छ । दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना ...
: मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको इरान–अमेरिका तनावका कारण केही समय प्रभावित बनेको हवाई आवागमन पुनः नियमित बन्दै जाँदा साउदी अरेबियाबाट २५६ जना नेपाली श्रमिकहरू नेपाल एयरलाइन्को RA २४२ उडानमार्फत स्वदेश फर्किएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार उक्त उडान नियमित तालिकाअनुसार सञ्चालन गरिएको र क्षेत्रीय सुरक्षा परिस्थितिका कारण केही समय उडान व्यवस्थापनमा सावधानी ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ धम्की दिँदै ४८ घण्टाको अल्टिमेटम दिइका छन् । उनले इरानसँग सम्झौता गर्ने वा होर्मुज स्ट्रेट खोल्ने समय रहेको बताएका छन् । नभए ‘कहर बर्सिने’ ट्रम्पको चेतावनी छ । ट्रम्पले आफ्नो सामाजिका सञ्जाल ट्रूथमा लेखेका छन्, ‘याद रहोस्, जब इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खोल्नका लागि १० दिनको जुन समय ...
— यूएईको अबुधाबीस्थित अब्जान क्षेत्रमा इरानी मिसाइललाई निस्तेज बनाउँदा खसेको टुक्राबाट घाइते ६ नेपाली उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । गम्भीर अवस्थामा रहेका एक जना पनि खतरामुक्त छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार ६ जना घाइते नेपालीको उपचारपछि डिस्चार्ज गरिएको हो । गम्भीर घाइते एक जनाको भने अस्पतालमै उपचार भइरहेको छ । दूतावासले घाइतेहरूसँग टेलिफोनमार्फत सम्पर्क ...