मुख्य समाचार
क्यानडा, मेक्सिको चीनले पनि अमेरिकामाथि त्यस्तै कर लगाउने लगाउने घोषणा
क्यानडा, मेक्सिको चीनले पनि अमेरिकामाथि त्यस्तै कर लगाउने लगाउने घोषणा

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क लगाइएको छ । ट्रम्पले घोषणा गरेको नयाँ कर मंगलबारदेखि कार्यान्वयमा आउने जनाइएको छ ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्‌कालीन आर्थिक शक्तिको प्रयोग गरेको जनाएका छन् । चीनले फेन्टनिल (औषधि) प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले गैरकानुनी आप्रवासीलाई सीमा वारपार गर्न दिएको आरोप लगाएका छन् ।

ट्रम्पको निर्णयसँगै क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १ सय ५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका बीबीसीले जनाएको छ ।

ट्म्पको नयाँ कदमले 'लामो समय असर पुर्‍याउने' भन्दै प्रधानमन्त्री ट्रुडोले अमेरिकामा उत्पादित बियर, वाइन, तरकारी, फलफूल तथा जुस, लत्ताकपडा र जुत्ता लगायतका वस्तुमा नयाँ कर लगाइएको बताएका छन् । त्यस्तै, फर्निचर र खेलकुद सामाग्री, खनिज, ठेक्कापट्टा लगायतका क्षेत्रमा पनि नयाँ करले असर पुग्ने उनको भनाइ छ ।

अमेरिकी कदम र त्यसको प्रतिवादमा आफ्नो मुलुकले लिएको निर्णयले दुवै देशका नागरिक र कामदार प्रभावित हुने ट्रुडोको भनाइ छ । 'हामी यो अवस्था चाहेका थिएनौं । तर हामी क्यानाडेली नागरिकको पक्षमा उभिनबाट पछि हट्दैनौँ,' उनले भनेका छन् ।




त्यस्तै, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेइनबाउमले पनि आफ्नो देशले अमेरिकामाथि जवाफी कर लगाउने बताएकी हुन् । सेइनबाउमले अमेरिकी निर्णयको प्रतिवाद गर्दै ह्वाइटहाउसको विज्ञप्तिले मेक्सिको सरकारको 'अपमान' गरेको बताएकी छन् । ट्रम्पले मेक्सिको सरकार र मेक्सिकोका लागूपदार्थ कारोबारीबीच 'अमान्य किसिमको गठजोड' रहेको आरोप लगाउने गरेका छन् ।

सेइनबाउमले ट्रम्पले भनेको जस्तो गठबन्धन अस्तित्वमा रहेको भए अमेरिकी बन्दुक उत्पादकहरूले आपराधिक समूहहरूलाई शक्तिशाली अस्त्रहरू बिक्री गरिरहेको बताएकी छन् । मेक्सिकोले हालैका वर्षहरूमा त्यस्ता संगठित गिरोहहरूलाई रोक्न हतियारको तस्करी रोक्न माग गर्दै आएको छ ।

ट्रम्पको कदमपछि चीनले पनि व्यापार युद्धमा कसैले नजित्ने बताएको छ । चीनले आफूले पनि 'मिल्दोजुल्दो जवाफी कदम' चाल्ने र विश्व व्यापार संगठनमा मुद्दा दायर गर्ने तयारी गरिरहेको बीबीसीले जनाएको छ । 'चीन यसबाट असाध्यै असन्तुष्ट छ र यसको जोडदार विरोध गर्छ,' चीनले एक विज्ञप्तिमा भनेको छ ।

अमेरिकी कदमले दुई देशबीचको सामान्य आर्थिक र व्यापारिक सहकार्यमा क्षति पुग्ने बेइजिङको भनाइ छ । अमेरिकाले आफ्नो 'त्रुटिपूर्ण अवधारणा' सच्याउनुपर्ने र चिनियाँ पक्षसँग 'समानता, आपसी लाभ र आपसी सम्मान'का आधारमा समस्या समाधान गर्नुपर्ने चीनको भनाइ छ ।

गत वर्ष चीन, मेक्सिको र क्यानडाबाट अमेरिकामा भएको आयात ४० प्रतिशत भन्दा बढी थियो । नयाँ आयात शुल्क र जवाफी कदमले कार, सवारी साधनका पार्टपुर्जा, स्टिल, टमाटर, एभोकाडो, बियर लगायतका वस्तु महँगो हुने जनाइएको छ । नयाँ करले अमेरिकामा औषतमा कारको मूल्य तीन हजार डलरसम्म बढ्ने अर्थविद्हरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...