मुख्य समाचार
सिरहा नगरपालिकाका मेयर यादवले आफ्ना सहिद बुवाको न्यायका लागि आफ्नै पार्टीले ध्यान नदिएको गुनासो
सिरहा नगरपालिकाका मेयर यादवले आफ्ना सहिद बुवाको न्यायका लागि आफ्नै पार्टीले ध्यान नदिएको गुनासो

— सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफ्ना सहिद बुवाको न्यायका लागि आफ्नै पार्टीले ध्यान नदिएको गुनासो गरेका छन् । नेकपा एमाले, सिरहाले आइतबार सदरमुकाममा आयोजना गरेको २१औं स्मृति सभामा उनले यस्तो गुनासो गरेका हुन् ।



आफ्नो पार्टी एमाले पटक-पटक सरकारमा गए पनि आफ्ना बुवा हेमनारायण यादवको हत्या घटनाका दोषीलाई कारबाही हुने भनेर सधैं आश्वासन मात्रै पाउने गरेको उनको गुनासो छ । अहिलेसम्म पनि न्याय नपाउँदा आफ्नो परिवार थप मर्माहत बनेको उनले बताए ।

'बुवाको हत्यापछि विगतमा एमालेका नेताहरूले जे वाचा गर्नुभएको थियो, घटनाको २१ वर्ष भए पनि त्यो अहिलेसम्म पूरा भएन,' उनले भने, 'एक सहिद परिवारको हिसाबले यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु, म निराश भएँ ।'

प्रदेशदेखि केन्द्रसम्म एमालेकै सरकार भए पनि दोषीलाई किन कारबाही हुन सकेको छैन भनेर उनले एमालेका केन्द्रीय नेताहरूलाई प्रश्नसमेत गरेका थिए ।

मेयर यादवका पिता हेमनारायण यादवको २०६१ माघ १९ गते अपहरण गरी हत्या गरिएको थियो । उनी २०५६ सालमा सिरहाबाट सांसद निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...