मुख्य समाचार
पाथीभरामा केबलकार निर्माणको विवादमा संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ : सांसद गुरुङ
पाथीभरामा केबलकार निर्माणको विवादमा संवाद र सहमतिबाट समाधान खोज्नुपर्छ : सांसद गुरुङ

— नेपाली कांग्रेसकी नेता एवम् प्रतिनिधिसभा सदस्य सीता गुरुङले ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा भएको विवादमा सरकारले संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएकी छन् ।


सरकारले तत्काल वार्ता समिति बनाएर वार्ताका लागि पहल गर्नुपर्ने र सरोकारवालाहरूले समेत संवाद र सहमतिका माध्यमबाट निकास खोज्नुपर्नेमा उनको जोड छ ।


आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई मन्त्रालयमा भेटेर केबलकार निर्माणका विषयमा भएको विवाद, राज्यको धरपकड र केही दिनदेखिको आमहड्तालले पूर्वी नेपालको जनजीवन नै प्रभावित भएको भन्दै समाधानका लागि तत्काल पहल गरिदिन ध्यानाकर्षण गराएकी हुन् ।

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माण गर्न नहुने भन्दै सरोकारवालाले विरोध जनाउँदै आएकोमा माघ १२ गते निर्माण कम्पनीले काम थालेपछि त्यसको विरोधका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा परी घाइतेहरू अहिले पनि अस्पतालमा उपचाररत छन् ।

आन्दोलनरत पक्षले राज्यले गरेको धरपकड तत्काल रोकेर केबलकार निर्माणको काम बन्द गर्नुपर्ने माग गर्दै आइतबारदेखि अरुण पूर्वका ९ जिल्लामा आमहड्तालको घोषणा गरेका छन् । प्रभावित क्षेत्र तेह्रथुमबाट निर्वाचित सांसद गुरुङले केबलकार निर्माणको विषयले यति ठूलो रुप लिने स्थिति निर्माण भएकोमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

'केबलकार निर्माण गर्नुपर्छ भन्ने पक्ष र गर्नुहुँदैन भन्ने पक्षका अडान होलान् । त्यसबारे सरकारले वार्ता र संवादबाट समाधानको प्रयास गर्नुपर्छ,' गुरुङले मन्त्री गुप्ताको ध्यानाकर्षण गराउँदै भनिन्, 'तर केबलकार निर्माणको विषयले विवाद बढ्दै जाने, झडप हुने, र राज्यबाट निरन्तर धरपकड भइरहने कुराले समस्याको समाधान हुँदैछ । बरु समस्या बढेर जान्छ । यसले सामाजिक द्वन्द्व बढाउँदै लैजाने स्थिति छ । त्यसकारण तत्काल संवादको वातावरण बनाउन म सरकारको ध्यानाकर्षण गराउँछु ।'

सांसद गुरुङसँगै मन्त्रालय पुगेका स्थानीय अगुवा र सरोकारवालाहरूले पनि दुवै पक्षसँग वार्ता गरेर सरकारले निकास दिनुपर्नेमा जोड दिएका थिए । जवाफमा मन्त्री गुप्ताले आफूले त्यसबारे संवादको वातावरण बनाउन पहल गरिरहेको बताएका थिए ।

आइतबारै सांसद गुरुङसहित स्थानीय सरोकारवालाहरूले त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...