: नेपाली कांग्रेसले आज प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभाग प्रमुखका लागि संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रम गरेको छ। पोखरामा आयोजित गरिएको अभिमुखीकरण कार्यक्रमको सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
संगठन र समसामयिक सन्दर्भमा कांग्रेसले अभिमुखीकरण कार्यक्रम गरेको हो। नेपाली कांग्रेसले मंगलबार जिल्ला सभापतिको भेला राखेको छ। कांग्रेसका कास्की जिल्लाका सहसचिव नवीन सिग्देलले प्रशिक्षण कार्यक्रममा ७७ वटै जिल्लाका पार्टी सभापति र उपसभापतिहरू सहभागी हुने जानकारी दिए।
उनका अनुसार गठबन्धन सरकारका काम र पार्टी सुदृढीकरणका लागि भन्दै दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।