— मकवानपुर र काठमाडौंको सिमामा पर्ने चन्द्रागिरि डाँडामा डढेलो फैलिएको छ । मातातीर्थबाट कुलेखानी जाने सडकमार्ग अन्तर्गत देउराली डाँडामा डढेलो लागेको हो ।
त्यो क्षेत्र नजिकै केही होटल छन् । त्यहाँ भन्दा पर चन्द्रागिरि हिल्सले संचालन गरेको रिसोर्ट रहेको छ । आगलागीबारे स्थानीय प्रहरीले भर्खरै जानकारी पाएको जनाएको छ ।
थानकोट प्रहरी वृत्तका प्रमुख डीएसपी सुर्य प्रसाद सुवेदीले चन्द्रागिरि केवलकार चढेर डढेलो लागेको स्थानमा प्रहरी परिचालन गर्न लागेको बताए ।