मुख्य समाचार
छलफलका लागि ‘नो केबलकार समूह’ ले समन्वय समिति बनाउने
छलफलका लागि ‘नो केबलकार समूह’ ले समन्वय समिति बनाउने

— गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँग छलफलका लागि ‘नो केबलकार समूह’ ले समन्वय समिति बनाउने भएको छ । समूह यतिबेला गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा बनेको समितिको खबरको पर्खाइमा रहेको छ ।


सहसचिव स्तरको समितिले निकास दिन नसक्ने बताएका आन्दोलनरत समूहका प्रेम एक्तेङले समितिवाट खबर आए आफूहरूले पनि समन्वय समिति बनाउने बताए ।


किरात याक्थुम चुम्लुङका केन्द्रीय अध्यक्षसमेत रहेका उनले सोमबार दिउँसोसम्म वार्ताका विषयमा आधिकारिक जानकारी नआएको बताए । उनले भने, ‘वार्ता समिति बनाएको हामीलाई थाहा भयो । संघीय सरकारकै तर्फबाट मात्रै कुरा गछौं भन्ने हाम्रो अडान थियो, त्यो मानेमा हिजो भएको जुन निर्णय हो, सार्वजनिक गरिएको छ, त्यो सकारात्मक छ । तर त्यसमा अझ हाम्रो एउटाचाहिँ सहसचिवको तहबाट निर्णय भएर कार्यान्वय हुन सक्दैन । त्यसैले हामीले पोलिटिकल लेभलको वार्ता समिति बन्नुपर्छ फुलफेजको वार्ताको लागि चाहिँ भनेका हौं ।’

राजनीतिक रूपमै वार्ता समिति बन्नुपर्ने उनको भनाइ छ । ‘त्यो तहले मात्रै निष्कर्ष लिन सक्छ, किनभने यो खारेजीको कुरा भयो नि त,’ उनले थपे, ‘अब त्यो तहमा बस्नका लागि हाम्रा सर्तहरू छन्, जो पूरा हुनुपर्दछ ।’

गृह मन्त्रालयले गठन गरेको समितिसँग कुरा गर्नका लागि तत्काल एउटा टिम तयार गर्ने र त्यो सरकारलाई दिन सक्ने उनले बताए । ‘वार्तामा बस्नुअघि हाम्रा पूर्वसर्तहरू भनेको पहिलो कुरा काम रोक्नुपर्‍यो । काम भइरहेको ठाउँबाट एक्स्काभेटरलगायतका निर्माण सामग्री फिर्ता गर्नुपर्‍यो । दोस्रो कुरा,हाम्रो तीन जना संघर्षरत मित्रहरूलाई समात्ने थुन्ने र झुटा मुद्दा लगाउने काम भएको छ ती बन्दीहरू रिहा गर्नुपर्‍यो ।’

त्यस्तै मुक्कुमलुङ क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई फिर्ता गर्नुपर्ने पनि उनले बताए । आफूहरूमाथि गोली चलाउनेलाई छानबिन गरेर कारबाही गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...