मुख्य समाचार
हत्या प्रकरण: बाबुआमा पक्राउ, ६ जनामाथि अनुसन्धान
हत्या प्रकरण: बाबुआमा पक्राउ, ६ जनामाथि अनुसन्धान

: विराटनगरमा मारिएकी १४ वर्षीया चाँदनी यादवका बाबुआमालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। भारत बिहारको छपरा जिल्ला घर भएका चाँदनीका बुवा अन्दाजी ४० वर्षीय लालमन राय यादव र आमा ३९ वर्षीया राजकुमारी राय यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार भारतबाट विराटनगर बोलाएर उनीहरुलाई नियन्त्रणमा लिइएको हो।


चाँदनीको हत्यामा बाबुआमासहित उनकै मावली परिवारका सदस्यको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी जोशीले बताए। प्रहरीले यसअघि चाँदनीका मावली हजुरबुवा ५५ वर्षीय सरयुग मण्डल, हजुरआमा ५३ वर्षीया बतासी मण्डल, मामा ३५ वर्षीय रामबाबु मण्डल र माइजू जानकीदेवी मण्डललाई पक्राउ गरेको थियो।





प्रहरीले अनुसन्धानका क्रममा मावली परिवारका ८ जनालाई पक्राउ गरेको थियो। घटनामा संलग्नता नदेखिएपछि ४ जनालाई छाडिएको छ। हजुरबुवा, हजुरआमा, मामा र माइजूबाहेक घटनामा मावली परिवारतर्फ अरूको संलग्नता नदेखिएको डीएसपी जोशीले बताए।
उनका अनुसार चाँदनीका बाबु लालमन, आमा राजकुमारी, मावली हजुरबुवा सरयुग मण्डल, हजुरआमा बतासी, मामा रामबाबु र माइजू जानकीदेवीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ। पहिलो चरणमा अनुसन्धानका प्रहरीले ५ दिनको म्याद पाएको छ।

हत्या गरेर विराटनगर महानगरपालिका–५ विशालचोकको कलेर्वा टोलस्थित मामाघर नजिकै खाल्डोमा गाडेको अवस्थामा गत शुक्रबार चाँदनीको शव फेला परेको थियो। मामाघरमा हत्या गरेपछि नजिकै खाल्डो खनेर शव गाडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।

‘बाबुआमादेखि मावली परिवारसम्मको मिलेमतोमा बालिकाको हत्या गरेको पाइयो। कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थप प्रक्रिया अघि बढेको छ,’ डीएसपी जोशीले भने। प्रहरीका अनुसार चाँदनीको हत्या माघ ११ गतेतिर भएको हुनसक्छ। शवको पोस्टमार्टम विराटनगरकै कोशी अस्पतालमा गरिएको छ। पोस्टमार्टम गरिसकेको शव भने अस्पतालमै छ।
प्रहरीले उत्खनन गरेर खाल्डोबाट शव निकालेको थियो। प्रहरीले प्राप्त गरेको जानकारी अनुसार भारतमै १ व्यक्तिसँग चाँदनीको प्रेम सम्बन्ध थियो। प्रेम सम्बन्ध छुटाउनका लागि भनेर बाबुआमाले नै करिब १ महिनाअघि उनलाई विराटनगरस्थित मामाघरमा लिएर आएका थिए।

प्रहरीका चाँदनीले ती व्यक्तिलाई छाड्न नसक्ने अडान लिइन्। ‘मामाघरबाट भाग्नसमेत खोजेको पाइयो। भाग्न खोजेपछि रिसको झोंकमा हत्या गरी शवलाई खाल्डो खनेर गाडेको खुलेको छ,’ प्रहरी स्रोतले भन्यो। चाँदनीलाई मामाघरमा लिएर आएका बाबुआमा उनलाई नलिइकन भारत घरतिर फर्किएका थिए। त्यसपछि मामाघरमा पनि नदेखिएकी चाँदनी एकाएक बेपत्ता भएको हल्ला गाउँमा गाइँगुइँ चल्न थाल्यो। त्यो सूचना प्रहरीसम्म पुग्यो। प्रहरीले खोजतलास गर्दा हत्या गरेर गाडेको अवस्थामा शव फेला पारेको हो।

प्रहरीका अनुसार मामाघरदेखि १ सय २५ फिट दक्षिणमा खनिएको ४ फिट गहिरो खाल्डोबाट सडेर दुर्गन्धित भएको अवस्थामा शरीरका कपडासहितको शव निकालिएको थियो। डीएसपी जोशीले हत्याको कारण प्रेम सम्बन्ध नै रहेको बताए। उनका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेपछि बाबुआमा भारतस्थित घर फर्किएका हुन्।

अनुसन्धानबाट र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रस्ट हुने उनले बताए। बालिका बेपत्ता भएको जानकारी आउनसाथ प्रहरी पुग्दा हजुरबुवा सरयुग मण्डलले नातिनी आफ्नै घरतिर गइसकेको बताएका थिए। प्रहरीले बाबुआमासँग सम्पर्क गर्दा छोरी मामाघरमै रहेको बताए।

बारम्बार कुरा फेर्न थालेपछि प्रहरीले मामाघर वरपर खोजतलास तीव्र पारेको थियो। प्रहरीले घटनाको थप प्रमाण जुटाउने काम भइरहेको जनाएको छ। लालमन र राजकुमारीका २ छोरा र १ छोरी थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...