मुख्य समाचार
जसपा नेपालको ठहर: समाजवादी मोर्चा प्रचण्डको बाँसुरी
जसपा नेपालको ठहर: समाजवादी मोर्चा प्रचण्डको बाँसुरी

: समाजवादी मोर्चा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजाउने बाँसुरी रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिले ठहर गरेको छ।


बैठकले समाजवादी मोर्चालाई प्रचण्डले आफू अनुकूल प्रयोग गर्ने गरेको ठहर गरेको हो। बैठकले प्रचण्डले आफूलाई फाइदा हुनेगरी समाजवादी मोर्चालाई प्रयोग गरेको जनाएको छ। समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठकमा सदस्यहरूले समाजवादी मोर्चा र प्रचण्डबारे यस्तो प्रतिक्रिया दिएको स्रोतले बताएको छ।

प्रचण्डले माफी नमागेसम्म समाजवादी मोर्चामा आफ्नो पार्टी सहभागी नहुने पार्टी प्रवक्ता मनिष सुमनले बताएका छन्। ‘समाजवादी मोर्चा प्रचण्डजीको बेमौसमी गाजरको बाँसुरी हो। प्रचण्डलाई बजाउन मन लाग्यो भने बजाउनु हुन्छ, भोक लाग्यो भने क्वापै खाइदिनुहुन्छ ’, प्रवक्ता सुमनले भने, ‘प्रचण्डजीको मनमौजी मोर्चामा बसेर के काम ? आफूलाई संकट पर्दा मात्रै उहाँलाई मोर्चाको याद आउँछ । अरू बेला ६ महिनासम्म बैठक नै हुँदैन।’


शनिबारदेखि जारी जसपा नेपालको केन्द्रीय समितिको बैठकमा भएको छलफल सुनाउँदै संविधान संशोधन पार्टी मुख्य कार्यभार रहेको उनले बताए। ‘बैठकमा सबैको जित हुने गरी संविधान संशोधन हुनुपर्ने जसपाका नेताहरूले धारणा राखेका छन् । ‘संविधान संशोधन अल्पमत र बहुमतले पास वा फेल गर्ने कुरा हुँदैन । जनताको हितमा र मधेस आन्दोलनको स्प्रिटमा संविधान संशोधन हुनु पर्छ’, प्रवक्ता सुमनले भने।

शनिबार र आइतबार सबै केन्द्रीय कार्यकारणी सदस्यहरुहरुले धारण राखेका छन्। सोमबार पार्टीका अध्यक्ष उपेन्द्र यादव आगामी राजनीतिक कार्यदिशा, बैठकको निचोड प्रस्तुत गर्ने छन्। त्यसपछि बैठक सकिने छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...