मुख्य समाचार
कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै
कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै

: कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै गएका छन्। विगत चार वर्षदेखि नै हिमालमा हिउँ देखिन छाडेका छन्। माघ महिनाको अन्तिम सातासम्म पनि माथिल्ला भेगमा हिमपात र तला भेगमा हिउँदे वर्षा हुने छाँटकाँट छैन।


दोलखाका माथिल्ला भेगका किसान बारीमा आलु लगाएर हिउँ पानीको पर्खाइमा छन्। हिउँदे वर्षा नहुँदा आलु उत्पादन घट्ने हो कि भन्ने चिन्ताले किसानहरू पिरोलिएका छन्। दोलखा जिल्ला एक हिमाल र पहाडी भू–भाग रहेको जिल्ला हो। समुद्री सतहदेखि ७ सय ६२ मिटरको उचाइदेखि गौरीशंकर हिमाल ७ हजार १ सय ३४ सम्मको उचाइमा रहेको यस जिल्लाको गौरीशंकर हिमाल अहिले काला पहाडजस्ता देखिन थालेका छन्। दोलखा जिल्लामा साना ठूला गरी ४० वटा हिमाल छन्।

लामो समय हिउँ नपर्दा हिमालहरू काला पहाडमा परिवर्तन भएका छन्। जलवायु परिवर्तनको असर हिमालमा मात्र नभएर मानवीय जीवन र वन्यजन्तुमा पनि परेको छ। हिमाली भेगको तलो तहसम्म हिउँ पर्नुपर्ने तर हिउँदे वर्षासम्म पनि भएको छैन। हिमाली क्षेत्रमा आलु रोप्ने मुख्य सिजन ढिम्कीसक्दा पनि हिमपात नभएपछि किसानहरू मारमा परेका छन्। दोलखाको नौवटै स्थानीय तहको माथिल्लो भेगको ३२ सय हेक्टर क्षेत्रफलको जमिनमा किसानहरूले व्यावसायिक आलु खेती गर्दै आएका छन्। जसमध्ये शैलुङ गाउँपालिकाले सबैभन्दा बढी आलु उत्पादन गर्छ।




‘माघ सकिन लागिसक्यो खै पानी छैन, के खेती गर्नु र, आलु त जसोतसो रोपियो पानी नपरेपछि अब माटामै सुक्ने तर्खरमा छ,’ शैलुङका किसान विशाल श्रेष्ठले गुनासो गरे। ‘सेपिलो बारीमा त ठीकै छ तर पारिलो जग्गामा पानी परेन भने आलु उत्पादन घट्ने पक्का छ,’ उनले भने। शैलुङका अधिकांश किसानहरूले व्यावसायिक आलु खेती गर्छन्। माघ सकिने बेलासम्म पनि हिमपात नहुँदा दोलखाका किसानहरू चिन्तित छन्। पानी पर्ने क्रम घट्न थालेपछि स्थानीय निराश छन्। विगतमा जाडोयाममा हिउँले दोलखाका माथिल्ला डाँडा सबैतिर सेताम्मे देखिन्थे, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला बन्दै गएका छन्।

दोलखाको उच्च भेगमा यतिखेर कठ्याँग्रिने जाडो हुन्थ्यो तर सदरमुकाम चरीकोटमा यतिखेर गर्मी चढिसकेको छ। हिमनदी पग्लने क्रम बढेको छ। वर्षौंदेखि दोलखावासीले जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा भोग्दै आएका छन्। ‘हिउँ परे खेती गर्न सहज हुन्छ। उत्पादन पनि बढ्छ। हिउँले गर्दा आलु, गहुँ, फापरलगायत बाली सप्रिन्छन्।’ किसानले सिँचाइको छुट्टै व्यवस्था गर्न नपर्ने विशालको भनाइ छ।

हिमपात नभएपछि हिमशृंखला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नांगिन थालेका छन्। कात्तिक, मंसिरदेखि माघ, फागुनसम्म सेताम्मे देखिनुपर्ने हिमालमा हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा परेको स्थानीयवासीको भनाइ छ। हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ। हिउँ पग्लिएपछि हिमाल नांगिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर फागुन–चैतमा केही वर्ष अगाडि हिउँ परेको पनि थियो। हिमाली भेगमासमेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटकहरू पनि घट्ने चिन्ता छ।

विगतका वर्षमा हिमपात हुनासाथ दोलखा आउने पर्यटक यस वर्ष यतिखेरसम्म आउने वातावरण बनेन होटल व्यवसायी हरि ओलीले बताए। ३–४ वर्षअगाडि मंसिर पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन हुन्थ्यो सदरमुकाम चरीकोट र कालिञ्चोकका होटलहरू पर्यटकले भरिभराउ हुन्थे। हिउँ नपरेपछि होटल व्यवसायसमेत प्रभावित बनेको छ। ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्,’ उनले बताए।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, किसान, व्यवसायी, जंगली जनावर फूलहरू, लालीगुराँस, मानव जीवन, चराचुरुंगी सबैमा परेको छ। पानी र हिउँ समयमा पर्दैन। वनका फूल बेमौसममा फुल्न थालेका छन्। यो जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव हो। डाँडापाखा यतिबेला सुक्खा रहेका छन्। हिमालमा हिउँ नभएका कारण हिमालहरूको सौन्दर्यता हराउँदै गएको छ। आजभोलि हिउँबिनाको हिमाल उजाड देखिन थालेका स्थानीयहरू बताउँछन्।

सिजनमा हिउँ नपर्दा हिमालहरूको प्राकृतिक सुन्दरता गुम्नुका साथै सेता हिमाल कालापत्थरमा परिणत भएका छन्। बर्सेनि हिउँ कम हुँदै जाँदा कालान्तरमा यसले वनस्पति, जीव जन्तु, चराचुरुंगीलगायत रैथाने बालीहरूको लोभ हुँदै जाने र पर्यटनको क्षेत्रमा नकारात्मक असर गर्न सक्ने अवस्था सिर्जना हुने अवस्था आउन सक्ने पक्का जस्तै छ।

मानव सिर्जित समस्या जस्तै प्राकृतिक स्रोतको अत्यधिक दोहन, ऊर्जाको अत्यधिक प्रयोग, बढ्दो औद्योगीकरणका साथै डढेलो, भूकम्प, ज्वालामुखीजस्ता प्राकृतिक प्रकोपलगायत कारण भइरहेको जलवायु परिवर्तनले मानव जीवनका हरेक क्षेत्रमा नकारात्मक असर पुगेको छ। मानव सिर्जित समस्या कम गर्न सकिए जलवायु परिवर्तनले पार्ने असर न्यूनीकरण गर्न सकिने सम्भावनाहरू छन्। जलवायु परिवर्तनको यस्तो असरप्रति हामी मानिस आफैं सचेत बन्नुपर्ने अवस्था सिर्जना भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...