मुख्य समाचार
ओएनएम सर्वेक्षणका लागि मन्त्रिपरिषद्‌को पूर्व स्वीकृति, जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइने
ओएनएम सर्वेक्षणका लागि मन्त्रिपरिषद्‌को पूर्व स्वीकृति, जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइने

: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो।


संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भइरहेको छ।

गत पुष ११ गते मन्त्रालय र मातहतका निकायको संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्न गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिको बैठकले पूर्व स्वीकृतिका लागि प्रक्रिया अघि बढाउन मन्त्रालयलाई अनुरोध गरेको थियो।


अब मन्त्रिपरिषदबाट पूर्व स्वीकृति प्राप्त भएपछि मन्त्रालयले सर्वेक्षणको काम अघि बढाउनेछ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सर्वेक्षण प्रतिवेदनपछि मन्त्रालयमा बढ्दो मागअनुसारका जनशक्ति थप गर्न वैधानिक प्रक्रिया अघि बढाइनेछ। ‘स्वास्थ्य जनशक्ति थप गर्नुपर्छ भन्ने आवाज पहिल्यैदेखिको हो,’ उनले भने, ‘पूर्वस्वीकृतिपछि जनशक्ति व्यवस्थापनमा प्रगति हुने अपेक्षा छ। ’

मन्त्रालयले ओएनएम सर्वेक्षणका लागि मन्त्रालयका सहसचिव ऋषिराज आचार्य संयोजकत्वमा संघीय मामिला तथा सामान्य प्रशासन तथा अर्थका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको छ। कार्यदलको प्रतिवेदनका आधारमा दरबन्दी पुनरावलोकनको प्रस्ताव पुनः अर्थ हुँदै मन्त्रीपरिषदमा लैजाने गरी मन्त्रालयले काम थालेको छ।

हाल मन्त्रालयमा एक सय ६ दरबन्दी तथा आठ सय ३१ पुल दरबन्दीका रुपमा जनशक्ति कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् । शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको ...
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...
: कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै गएका छन्। विगत चार वर्षदेखि नै हिमालमा हिउँ देखिन छाडेका छन्। माघ महिनाको अन्तिम सातासम्म पनि माथिल्ला भेगमा हिमपात र तला भेगमा हिउँदे वर्षा हुने छाँटकाँट छैन। दोलखाका माथिल्ला भेगका किसान बारीमा आलु लगाएर हिउँ पानीको पर्खाइमा छन्। हिउँदे वर्षा नहुँदा ...