मुख्य समाचार
श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा श्रीमान् पक्राउ
श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा श्रीमान् पक्राउ

— श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका –४ का २८ वर्षीय राजेश साउद रहेका छन् ।



शुक्रबार बिहान उनकी श्रीमती २७ वर्षीया धर्मा साउदको शव सेती नदीमा फेला परेको थियो । मृतक धर्माका माइतीको उजुरीको आधारमा राजेशलाई पक्राउ गरिएको र घटनाबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।

शुक्रबार राति तीन बजे श्रीमती घरबाट निस्किएको र करिब दुई घण्टा तल रहेको सेती नदीको पुलबाट हाम फालेको श्रीमान् राजेश साउदले बयान दिएको ठगुन्नाले बताए । ‘धर्मालाई आफूलगायत केही मान्छेले पछ्याउँदै गएको र श्रीमतीले हेर्दाहेर्दै हाम फालेको बयान दिएका छन्,' ठगुन्नाले भने, ‘अभियुक्तको बयान, घटनाको समय आदी कारणले घटना शंकास्पद देखिन्छ । पोस्टमार्टम रिपोर्ट आएपछि हत्या वा आत्महत्या के हो भन्ने थप खुल्नेछ ।'

यसअघि पनि पटक पटक कुटपिट गर्ने र यातना दिने गरेको आधारमा अहिले आत्महत्या दुरुत्साहनको मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको ठगुन्नाले जानकारी दिए ।

सेती नदीमा हाम फालेको भनिए पनि मृतकको पेट नफुलेको, टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको कारण आत्महत्या नभएर हत्या भएको हुन सक्ने माइती पक्षको आशंका छ ।

बिहीबार साँझतिर आफूले छोरीलाई फोन गर्दा ज्वाइँले उठाएको र छोरीलाई कुरा गर्न नदिएकोले साँझ नै हत्या भएको हुन सक्ने मृतककी आमा देवगिरी देवी धामीको आशंका छ ।




‘साँझ सात बजेतिर छोरीलाई फोन गर्दा ज्वाइँले उठाए । छोरीलाई दिनुस् भन्दा बोल्दिन भन्दैछन् भनेर काटे,' उनले भनिन, ‘भोलीपल्ट बिहान त मरिसकी भनेर खबर आउँछ । हाम फालेको भए त पेट सुन्निएको हुनु पर्ने त्यसो पनि छैन । राति नै मारेर फालेका हुन् की भन्ने शंका छ ।'

उनले यसअघि उनका बालकहरूलाई पनि आमाबाट खोसेर भारत लगेको बताउँदै छोरीलाई शारीरिक र मानसिक यातना दिने गरेको बताइन् । उनका नौ र पाँच वर्षका दुई छोरा बाजे बज्यैले भारत लगेर गएको र एक तीन वर्षकी छोरी साथमा रहेको देवीले सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— पाथीभरा केबलकार निर्माण रोक्न र पक्राउ परेका तीन जनालाई रिहा गर्न स्थानीय प्रशासन तयार नभएपछि ‘नो केबलकार आन्दोलन’ लम्बिएको छ । ताप्लेजुङबाट माघ १५ मा सुरु भएको यातायात बन्द पूर्वका नौ जिल्लामा फैलिइसकेको छ । झापाको दमक, सुनसरीको इटहरीलगायत स्थानमा आइतबार प्रहरी र आन्दोलनकारीबीच झडप पनि भएको छ । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक ...
: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ। गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएको हो। संघीयता कार्यान्वयनमा आएपछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन। यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढेपनि ओएनएम सर्वेक्षण नहुँदा ...
— उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताएका छन् । सरकारले सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएको पनि उनले बताएका थिए । सोमबार पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा रहेका सामुदायिक ...
— प्यूठानको मल्लरानी गाउँपालिकाले पालिकाभित्रका किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको कृषि उपजका आधारमा अनुदान वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८१/०८२ देखि लागू गरिएको उत्पादनका आधारमा अनुदान कार्यक्रम अन्तर्गत त्रैमासिक रुपमा किसानलाई अनुदान दिइएको छ । चालू आर्थिक वर्षमा मल्लरानी गाउँपालिकाले दुई त्रैमासिकको रकम किसानलाई उपलब्ध गराइसकेको छ ...
: कात्तिकको सुरुवातमै हिउँ पर्ने दोलखाका उच्च हिमाली भेगहरू कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरिढुंगा उराठ बन्दै गएका छन्। विगत चार वर्षदेखि नै हिमालमा हिउँ देखिन छाडेका छन्। माघ महिनाको अन्तिम सातासम्म पनि माथिल्ला भेगमा हिमपात र तला भेगमा हिउँदे वर्षा हुने छाँटकाँट छैन। दोलखाका माथिल्ला भेगका किसान बारीमा आलु लगाएर हिउँ पानीको पर्खाइमा छन्। हिउँदे वर्षा नहुँदा ...