मुख्य समाचार
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित
ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित

। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ (शुल्क) लगाउने निर्णय स्थगित गरेका छन् । चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

ट्रम्पले मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा २५/२५ प्रतिशत तथा चिनियाँ वस्तुमा १० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । ट्यारिफको लडाइँ सुरु गरेको भन्दै ट्रम्पको आलोचना भएको थियो ।


अमेरिकाको प्रतिक्रियास्वरुप क्यानडाले पनि अमेरिकी वस्तुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।

त्यसपछि सुरुमा मेक्सिकोबाट आयात हुने वस्तुमा ट्यारिफ लगाउने निर्णयबाट पछि हटेका ट्रम्पले पछि क्यानडालाई ट्यारिफ लगाउने निर्णय पनि स्थगित गरेका हुन् ।




ट्रम्पले ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको जानकारी सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका छन् । क्यानडाले अमेरिका प्रवेश हुने फेन्टालिन जस्ता अवैध लागूऔषध रोक्न सीमा क्षेत्र मा आवश्यक कदम उठाएपछि ट्यारिफ लगाउने निर्णय ३० दिनका लागि स्थगित गरेको उनले जनाएका छन् ।

ट्रम्पले लेखेका छन्, ‘क्यानडाले अमेरिकासँग जोडिएको उत्तरी सीमा क्षेत्र सुरक्षित गर्ने जनाएको छ । त्यसका लागि प्रधानमन्त्री जस्टिन ट्रुडोले १.३ अर्ब क्यानडाइ डलर खर्च गर्ने प्रतिबद्धता जनाएको ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...