मुख्य समाचार
इंग्लिस प्रिमियर लिगमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित
इंग्लिस प्रिमियर लिगमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सीले वेष्टहम युनाइटेड विरूद्ध २-१ को पुनरागमन जित हात पारेको छ । जितपछि चेल्सी अंकतालिकामा चौथो स्थानमा उक्लेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा जारोर्ड बोवेनले ४२औं मिनेटमा गोल गर्द वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सीले पुनरागमन गर्‍यो ।




६४औं मिनेटमा पेड्रो नेटोले चेल्सीका लागि बराबरी गोल फर्काए । त्यसको दश मिनेटपछि वेष्टहमका आरोन वान विसाकाले आत्मघाती गोल गर्दा चेल्सीले २-१ को अग्रता बनायो र त्यही अग्रता कायम राख्दै ३ अंक जोड्न सफल भयो ।

२४ खेलबाट ४३ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लेको छ । उसले म्यानचेष्टर सिटीलाई पछि पारेको छ भने तेस्रो स्थानको नटिङहम फरेस्टसँग अंकदूरी ४ मा झारेको छ । वेष्टहम २४ खेलबाट २७ अंकसहित १५औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे । यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् । यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख ...
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
फागुरामको दुई गोलमा प्लानिङ ब्वाइजको पुनरागमन
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम