मुख्य समाचार
ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा
ग्रामी अवार्ड : केन्ड्रिक लामार ५ विधामा उत्कृष्ट, ‘वर्ष एल्बम’ बियोन्सेको पोल्टामा

। विश्व संगीतको सर्वोच्च अवार्ड ग्रामी नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस-एन्जलसमा सम्पन्न भएको छ । ‘नट लाइक अस’ गीतबाट ५ विधा जित्दै र्‍याप संगीतका चर्चित केन्ड्रिक लामारले यसपटक बाजी मारे ।

वर्षकै उत्कृष्ट गीत, रेकर्ड अफ द इयर, उत्कृष्ट र्‍याप गीत, बेस्ट र्‍याप पर्फमेन्स र उत्कृष्ट म्युजिक भिडियो विधामा उनले अवार्ड जिते । रेकर्ड अफ द इयर विधामा उनले बिटल्स, बियोन्से, चार्ली एक्ससीएक्स, बिली एलिस, सवरिना कार्पेन्टर, टेलर स्विफ्ट र चपेल रोनलाई समेत उछिने ।


लस-एन्जलसको क्रिप्टो एरिनामा आयोजित ६७ औं ग्रामीको शीर्ष विधाको प्रतिस्पर्धामा महिलाको वर्चस्व थियो । तर, बियोन्सेबाहेक कसैले अवार्ड जित्न सकेनन् । ११ विधामा मनोनयन भएकी बियोन्सेले ३ विधामा अवार्ड जितिन् ।

उनको पछिल्लो एल्बम ‘काउब्याय कार्टर’ वर्षकै उत्कृष्ट एल्बम घोषित भयो । सन् १९९९ पछि यो विधामा जित्ने उनी पहिलो अश्वेत महिला बनिन् । कुन विधामा कसले जिते ?

रेकर्ड अफ द इयर- नट लाइक अस (केन्ड्रिक लामार)
एल्बम अफ द इयर- काउब्याय कार्टर (बियोन्से)
सङ अफ द इयर- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट नयाँ कलाकार- चपेल रोन

उत्कृष्ट पप एकल प्रस्तुति- एस्प्रेस्सो (सरविना कार्पेन्टर)
उत्कृष्ट संयुक्त पप प्रस्तुति– डाइ विथ अ स्माइल (लेडी गागा र ब्रुनो मार्स)
उत्कृष्ट रक प्रस्तुति– नाउ एण्ड देन (बिटल्स)
उत्कृष्ट रक एल्बम– हाक्नी डायमण्ड्स (द रोलिङ स्टोन्स)

उत्कृष्ट र्‍याप प्रस्तुति- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट र्‍याप गीत- नट लाइक अस (केन्ड्रिक लामार)
उत्कृष्ट कन्ट्री गीत- काउब्याय कार्टर (बियोन्से)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम