मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियन (ईयू) माथि ‘धेरै छिटो’ कर लगाउने चेतावनी छन्।

बीबीसीका अनुसार युरोपियन युनियनले अमेरिकाबाट फाइदा उठाएको ट्रम्पको आरोप छ ।




‘उनीहरूले हाम्रो गाडी लिँदैनन्, हाम्रा कृषि उत्पादनहरू खरिद गर्दैनन्, हाम्रो केही पनि लिँदैनन्’ ट्रम्पले भने, ‘तर, हामी उनीहरूबाट लाखौं गाडी, ठूलो परिमाणमा खाद्य सामग्री र कृषि उत्पादनहरू आयात गर्छौं।’

युरोपियन युनियनमाथि कर लगाउने समयसीमाबारे बीबीसीको प्रश्नमा ट्रम्पले भने ‘म समय तोक्न सक्दिन, तर यो धेरै चाँडै हुनेछ।’




राष्ट्रपति ट्रम्पले थपे, ‘विश्वका लगभग हरेक देशले अमेरिकालाई धोका दिएको छ। हामी प्रायः हरेक देशसँग व्यापार घाटामा छौं, अब यसलाई परिवर्तन गर्न लागेका छौं। यो ठिक होइन।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिका र इरानबीचको पाकिस्तानमा भएको वार्ता असफल भएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका र इरानबीच कुनै सहमति हुन नसकेको जानकारी दिएका छन् । उनले भने, ‘हामी यहाँबाट एउटा धेरै सरल प्रस्ताव दिएर जाँदैछौं, यही हाम्रो अन्तिम र सबैभन्दा राम्रो प्रस्ताव हो । अब हेर्नेछौं, इरानले यसलाई स्वीकार गर्छ कि गर्दैन ।’ इस्लामाबादमा आयोजित ...
: अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामाबादबाट स्वदेश फर्किएको छ। उनी 'एयर फोर्स टु' विमानमार्फत अमेरिकातर्फ प्रस्थान गरेका हुन्। बीबीसीका अनुसार पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीले अमेरिकी प्रतिनिधिमण्डलको प्रस्थानको पुष्टि गरेका छन्। इस्लामाबादबाट उड्नुअघि आयोजित पत्रकार सम्मेलनमा जेडी भेन्सले करिब २१ घण्टा लामो छलफलका बाबजुद अमेरिका र इरान ...
: इरानी उच्चस्तरीय प्रतिनिधिमण्डल अमेरिकासँगको सम्झौतामा सहमति नजुटेपछि स्वदेश फर्किएको छ। इरानी संसदका सभामुख मोहम्मद बगेर गालिबाफको नेतृत्वमा आएको उक्त टोली स्थानीय समयअनुसार आज बिहान करिब ८ बजेपछि इस्लामाबादबाट उडेको हो। यसअघि, अमेरिकी प्रतिनिधिमण्डल पनि शान्ति वार्तामा कुनै ठोस सम्झौता हुन नसकेपछि पाकिस्तानबाट फर्किसकेको छ। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भेन्सले गरेका थिए। गत मंगलबार राति ...
: इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिका सँग ‘दुई–तीन महत्वपूर्ण विषयमा सहमति नजुटेका कारण’ सम्झौता हुन नसकेको बताएका छन् । उनले इरान न्यूज नेटवर्कसँग कुरा गर्दै पाकिस्तानको मध्यस्थतामा २४–२५ चरणका अप्रत्यक्ष वार्ता भएको जानकारी दिएका छन् । केही विषयमा अमेरिकी प्रतिनिधिमण्डलसँग सहमति बने पनि दुई–तीन मुद्दामा विचार नमिल्दा अन्तिम सम्झौता हुन नसकेको उनले जानकारी दिएका ...
: पाकिस्तानी राजधानी इस्लामाबादमा अमेरिका र इरानबीच २१ घण्टा चलेको वार्ता कुनै नतिजा बिना समाप्त भयो । यो जानकारी अमेरिकी उपराष्ट्रपतिले दिएका हुन्, जो वार्ताका लागि पाकिस्तान आएका थिए । आइतबार बिहान ६ बजेपछि पत्रकार सम्मेलनमा जेडी भान्सले पाकिस्तानले अमेरिका र इरानबीच दूरी घटाउन र सम्झौता गराउन पूरा प्रयास गर्‍यो, तर हामी कुनै सम्झौतामा पुग्न ...